2026-09-26 05:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

संयुक्त राष्ट्रसङ्घका प्रमुखद्वारा मध्यपूर्वमा सैन्य गतिविधिको निन्दा

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले ‘मध्यपूर्वमा कुनै पनि सैन्य वृद्धि’ को निन्दा गर्नुभएको उहाँका उप प्रवक्ता फरहान हकले इरानविरुद्ध इजरायलले गरेको आक्रमणबारे वक्तव्यमा बताउनुभएको छ ।
  “संयुक्त राष्ट्रसङ्घका प्रमुख इरानको आणविक कार्यक्रमको स्थितिबारे इरान र अमेरिकाबीच वार्ता भइरहेको बेला इरानमा आणविक प्रतिष्ठानहरूमा इजरायली आक्रमणहरूबाट विशेष गरी चिन्तित हुनुहुन्छ”,, विज्ञप्तिमा भनिएको छ ।
संयुक्त राष्ट्रका सदस्य राष्ट्रहरू संयुक्त राष्ट्रको बडापत्र र अन्तर्राष्ट्रिय कानूनअनुसार काम गर्न बाध्य छन् भनी उल्लेख गर्दै महासचिवले दुवै पक्षलाई अधिकतम संयम देखाउन र कुनै पनि मूल्यमा गहिरो द्वन्द्वमा पर्नबाट जोगिन आग्रह गर्नुभएको छ ।
इजरायली रक्षामन्त्री इजरायल काट्जले शुक्रबार इजरायलले इरानमाथि ‘पूर्वनियोजित आक्रमण’ गरेको बताउनुभयो । इजरायली रक्षा बलले यसका जेटहरूले पहिलो चरणको आक्रमण पूरा गरेको र विशेष गरी इरानका विभिन्न क्षेत्रहरूमा आणविक लक्ष्यहरू सहित दर्जनौँ सैन्य लक्ष्यहरूमा आक्रमण गरेको एक वक्तव्यमा पुष्टि गरेको छ ।
इरानको आइआरआइबी राज्य टेलिभिजनले राजधानी तेहरान र नातान्ज, खोन्डाब र खोर्रामाबाद काउन्टीहरूमा विस्फोट भएको जनाएको छ । तेहरानको आवासीय भवनमा महिला र बालबालिका सहित धेरै हताहत भएको सरकारी टेलिभिजनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति