2026-10-07 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

रोनाल्डो बने ई-स्पोर्ट्स् ग्लोबलका एम्बासडर

काठमाडौँ | ई-स्पोर्ट्स विश्वकप फाउन्डेशनले स्टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सन् २०२५ मा हुन लागेको ई-स्पोर्ट्स विश्वकपको ग्लोबल ब्रान्ड एम्बासडर घोषणा गरेको छ । यो साझेदारीमार्फत ई-स्पोर्ट्सको लोकप्रियतालाई अझै फैलाउने अनि परम्परागत खेलकुद र ई-स्पोर्ट्सबीचको अन्तर घटाउने फाउन्डेशनले लक्ष्य राखेको छ ।

फाउन्डेशनका प्रमुख राल्फ रीचर्टले रोनाल्डो अनुभवी खेलाडीदेखि नयाँ प्रतियोगीसम्म सबैका लागि एक प्रेरणा भएको उल्लेख गरे । ‘रोनाल्डको उत्कृष्टतालाई ई-स्पोर्ट्स वर्ल्ड कपको भावना प्रतिनिधित्व गर्छ । परम्परागत खेलकुद अनि प्रतिस्पर्धात्मक गेमिङको सम्बन्ध अझ सुदृढ बनाउन उनको साथ हुन पाउनु गर्वको कुरा हो’ उनले भनेका छन् ।

रोनाल्डोले विश्वकपको मुख्य अभियानको नेतृत्व गर्दै ‘राइज एबभ’ अर्थात् ‘सबै सीमा नाघेर अघि बढिने’ अर्थको नारा प्रचार गर्नेछन् । यो नाराले मानव क्षमताको अनुभूति गराउने, साहस, परिश्रम अनि उत्कृष्टतालाई प्रेरित गर्ने सन्देश बोकेको फाउन्डेशनले जनाएको छ ।

‘खेल सदा परिवर्तन हुन सक्छ, ई-स्पोर्ट्स पनि एक नयाँ क्षेत्रमा फैलिँदै छ । यहाँ खेलाडीहरूको लगन, कौशल अनि साहस परम्परागत खेलमा जस्तै छन् । म यो कार्यक्रमको एम्बासडर हुन पाउनुमा गर्व गर्छु । भविष्यको पुस्तालाई प्रेरित गर्न म साथ दिनेछु’ क्रिस्टियानो रोनाल्डोले भनेका छन् ।

रोनाल्डोको सम्बन्ध ई-स्पोर्ट्स विश्वकपसँग पहिलेदेखि नै रहिआएको छ । सन् २०२३ मा कार्यक्रमको घोषणा गर्दा पनि उनी सहभागी थिए । साथै गएको समरमा साउदी अरबको रियादमा गरिएको समापन समारोहमा पनि उनको उपस्थितिले कार्यक्रमको गरिमा अझै उच्च गरेको फाउन्डेशनको विज्ञप्तिमा उल्लेख छ ।

ई-स्पोर्ट्स विश्वकप २०२५ मा एकै स्थानमा अन्तर्राष्ट्रिय ई-स्पोर्ट्स समुदाय, खेलाडी, क्लब अनि दर्शकहरूको जमघट हुनेछ । प्रतियोगितामा २,००० उत्कृष्ट खेलाडी, २०० क्लब अनि १०० देश सहभागी हुनेछन् ।

प्रतियोगितामा २५ प्रतियोगिताहरू, २४ खेलहरूको साथमा ७ करोड अमेरिकी डलरभन्दा बढीको पुरस्कार राशी राखिएको छ ।

ई-स्पोर्ट्स विश्वकप एक प्रमुख वार्षिक कार्यक्रम हो जहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता, कौशल, साहस अनि एकतालाई उत्सवको रुपमा मनाइने गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सभापतिमा श्यामकृष्ण खड्गीको उम्मेदवारी दर्ता रमेश धमलाले दिए कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी कांग्रेस महाधिवेशन : गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराए तातोपानी र रसुवागढी नाका खुलाउन चीनसँग संवाद भइरहेको छ : मन्त्री लम्साल जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न अदालतको आदेश दशैं नजिकिँदै गर्दा मौसममा बदली, आज–भोलि वर्षासँगै चट्याङ र असिनाको सम्भावना कांग्रेस महाधिवेशन : विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापतिमा उम्मेदवारी दिए विपद्मा बेपत्ता भएकाको मृत्यु घोषणा र दर्तासम्बन्धी कानुन छिट्टै संशोधन गर्छौं : मन्त्री गौतम कांग्रेस महामन्त्रीमा प्रदीप पाैडेलले गरे उम्मेदवारी दर्ता कांग्रेसमा उम्मेदवारी दर्ताको समय थपियो, अब साँझ ६ बजेसम्म गृहमन्त्री गुरुङ असोज २६ गते भारत जाँदै ग्यासको खुद्रा बिक्री रोक्न आयल निगमलाई बिक्रेता महासंघको आग्रह कुलमान घिसिङको दाबी : आगामी प्रदेशसभा निर्वाचनपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ विश्वप्रकाश शर्माले भने– ‘ढुक्क हुनुहोस्, यसपालि प्यानल बन्दैन’ दशैं–तिहारका लागि असोज २३ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने कांग्रेस महाधिवेशनको तेस्रो दिन बन्द सत्र जारी, चार प्रतिवेदन पारित हुन बाँकी राज्यको संवेदनशील सूचना कसैको निजी सम्पत्ति होइन, सार्वजनिक जिम्मेवारी हो : गृहमन्त्री गुरुङ कांग्रेसमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आजदेखि उम्मेदवारी दर्ता सुनको मूल्य स्थिर, चाँदीको मूल्य १५ रुपैयाँले घट्यो