२०८३, २६ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानद्वारा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार

२०८२, ४ असार बुधबार १४:३४
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गरेको केही घण्टापछि बुधबार बिहान कट्टर शत्रुबीचको रातको आक्रमणको पछिल्लो चरणमा इजरायलमा हाइपरसोनिक मिसाइल प्रहार गरेको तेहरानले बताएको छ।
अमेरिकी राष्ट्रपतिले सहयोगी इजरायलको बमबारी अभियानमा वासिङ्टनले कुनै भूमिका खेलेको छैन भनी जोड दिनुभएको छ, तर द्वन्द्व छैटौँ दिनमा प्रवेश गर्दा इरानलाई आफ्नो धैर्य सकिँदै गएको चेतावनी पनि दिनुभएको छ ।
सेनाले नागरिकहरूलाई उनीहरूको सुरक्षाका लागि एउटा जिल्ला छोड्न चेतावनी जारी गरेपछि इजरायली लडाकू विमानहरूले बुधबार बिहानै इरानी राजधानीलाई निशाना बनाए । इजरायली सेनाले पछि तेहरानमा हतियार निर्माण स्थल र सेन्ट्रिफ्युज बनाउन प्रयोग हुने सुविधामा आक्रमण गरेको बताएको छ ।
इरानले तेल अभिवका बासिन्दाहरूलाई आक्रमणका लागि तयार रहन भनेको छ । इस्लामिक रिभोलुसनरी गार्ड कर्पले आफ्नो हाइपरसोनिक फताह–१ मिसाइलहरूले व्यावसायिक केन्द्रमा ‘बारम्बार आश्रयहरू हल्लाइरहेको’ दाबी गरेको छ । ‘फताह–१ मिसाइल प्रयोग गरेर गर्वका साथ अपरेसन अननेस्ट प्रोमिस ३ को ११औँ लहर’ गरिएको गार्डहरूले राज्य टेलिभिजनमा प्रसारण गरिएको विज्ञप्तिमा भनेका छन् ।
हाइपरसोनिक मिसाइलहरू ध्वनिको गतिभन्दा पाँच गुणा बढी गतिमा यात्रा गर्छन् र उडानको बीचमा दिशा परिवर्तन गर्न सक्छन्, जसले गर्दा तिनीहरूलाई ट्र्याक गर्न र रोक्न गाह्रो हुन्छ । इरानले इजरायलतर्फ ‘ड्रोनहरूको समूह’ पनि पठाएको छ । त्यहाँ सेनाले मृत सागर क्षेत्रमा दुईवटा रोकेको बताएको छ । विश्व शक्तिहरूले द्वन्द्वलाई क्षेत्रव्यापी युद्धमा परिणत हुनबाट रोक्न आशा गर्दै निकास खोज्न हतार गरेका छन् । मङ्गलबार राति आफ्ना इरानी समकक्षी र अमेरिकी दूत स्टिभ विटकफसँग छुट्टै फोनमा इजिप्टका विदेशमन्त्री बद्र अब्देलट्टीले कूटनीतिक समाधानका लागि आग्रह गर्नुभयो ।
धनी प्रजातन्त्रका क्लबका नेताहरूले संयुक्त रूपमा युद्धविरामको आह्वान गरेको क्यानाडामा भएको जी–७ शिखर सम्मेलनबाट हतारमा बाहिरिएपछि ट्रम्पले अमेरिकी हस्तक्षेपबारे अटकलबाजीलाई बढावा दिनुभयो ।
मङ्गलबार वासिङ्टनमा ट्रम्पले इरानको ‘बिना शर्त आत्मसमर्पण’ गर्न माग गर्नुभयो । उहाँले अमेरिकाले इरानका सर्वोच्च नेताको सजिलै हत्या गर्न सक्ने पनि घमण्ड गर्नुभयो । “हामी तथाकथित ‘सर्वोच्च नेता’ कहाँ लुक्नुभएको छ भनेर ठ्याक्कै जान्दछौँ । उहाँ सजिलो लक्ष्य हुनुहुन्छ, तर त्यहाँ सुरक्षित हुनुहुन्छ –– हामी उहाँलाई मार्ने छैनौँ, कम्तीमा अहिलेका लागि त छैनौँ”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभयो ।
उहाँले द्वन्द्वको बारेमा छलफल गर्न आफ्नो राष्ट्रिय सुरक्षा परिषद्सँग भेट गर्नुभयो । बैठक एक घण्टा २० मिनेटपछि कुनै तत्काल सार्वजनिक बयान बिना समाप्त भयो । मध्यपूर्वको ‘चिरस्थायी युद्धहरू’ मा नफस्ने बारम्बार प्रतिज्ञा गरे पनि ट्रम्पले युएसएस निमित्ज विमान वाहकलाई धेरै अमेरिकी सैन्य विमानहरूसहित यस क्षेत्रमा जान आदेश दिनुभयो ।
अमेरिकी अधिकारीहरूका अनुसार उहाँले अहिलेसम्म कुनै पनि हस्तक्षेपका बारेमा निर्णय गर्नुभएको छैन । अन्तर्राष्ट्रिय चेतावनीका बावजुद इजरायलले इरानी आणविक र सैन्य सुविधाहरूलाई लक्षित गरी अभूतपूर्व बमबारी अभियान सुरु गर्दा शुक्रबार सुरु भएको लामो दूरीको आक्रमणबाट कुनै पनि पक्ष पछि हटेका छैनन् ।
इजरायलले आफ्नो आक्रमणमा वरिष्ठ इरानी कमान्डर अली शादमानी र उनका पूर्ववर्ती गुलाम अली राशिद मारिएको दाबी गरेको छ । लडाइँ सुरु भएदेखि दुवै देशका आवासीय क्षेत्रहरूमा घातक आक्रमणहरू भएका छन् र विदेशी सरकारहरूले आफ्ना नागरिकहरू निकाल्न हतार गरेका छन् ।
सरकारी तथ्याङ्कअनुसार इजरायलले आफ्नो अभियान सुरु गरेदेखि इरानमा बसोबास गर्ने सात सयभन्दा बढी विदेशी छिमेकी अजरबैजान र आर्मेनियामा प्रवेश गरिसकेका छन् ।
उद्धार गरिएका मध्ये रुस, बेलारुस, कजाकिस्तान, किर्गिजस्तान, ताजिकिस्तान र उज्बेकिस्तानका साथै जर्मनी, स्पेन, इटाली, सर्बिया, रोमानिया, पोर्चुगल, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, चीन र भियतनामका नागरिकहरू थिए ।
संयुक्त राज्य अमेरिकाले बढ्दो द्वन्द्वका बीच जेरुसेलममा आफ्नो दूतावास शुक्रबारसम्म बन्द गरिरहेको बताएको छ, तर अमेरिकीहरूलाई ‘सङ्कट क्षेत्र’ छोड्न मद्दत गर्ने बारेमा कुनै घोषणा गरिएको छैन ।
हिंसाको डरले तेहरानका धेरै बासिन्दा भागेका छन् ।
मङ्गलबार मानिसहरूले इन्धन र आधारभूत आपूर्तिहरू भण्डारण गर्न हतार गर्दा बेकरी र पेट्रोल स्टेसनहरू बाहिर लामो लाइनहरू लागेका थिए ।
मङ्गलबार भएको साइबर आक्रमणले इरानको मुख्य सरकारी स्वामित्वमा रहेको बैंकहरू मध्ये एक सेपाह बैंकलाई अपाङ्ग बनाएको फार्स समाचार एजेन्सीले जनाएको छ ।
तेल अभिवमा नियमित रूपमा हवाई आक्रमणको साइरन बजिरहँदा केही मानिस सपिङ मलमुनि रहेको भूमिगत पार्किङमा स्थानमा सरेका छन् ।
“सबै कुरा स्पष्ट नभएसम्म हामीले यहाँ स्थायी रूपमा शिविर राख्ने निर्णय गरेका छौँ”, ३० वर्षीया माली पापिरानीले भन्नुभयो ।
दशकौँको शत्रुता र लामो छायाँ युद्धपछि, इजरायलले आफ्नो आश्चर्यजनक हवाई अभियानको उद्देश्य इरानलाई आणविक हतियारहरू प्राप्त गर्नबाट रोक्नु रहेको बताएको थियो । तेहरानले आणविक हतियार प्राप्त गर्ने महत्त्वाकांक्षालाई अस्वीकार गरेको छ ।
इरानी मिडियाले आणविक सुविधाहरूको घर मध्य सहर इस्फहानमा मङ्गलबार धेरै विस्फोट भएको रिपोर्ट गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी निकायले इरानको नातान्ज सुविधामा ‘भूमिगत संवर्धन हलहरूमा प्रत्यक्ष प्रभाव’ भएको देखिएको बताएको छ ।
इजरायलले आफ्ना परमाणु गतिविधिहरूका बारेमा अस्पष्टता कायम राखेको छ, तर स्टकहोम अन्तर्राष्ट्रिय शान्ति अनुसन्धान संस्थान (सिप्री) का अनुसार इजरायलसँग ९० वटा आणविक हतियार छन् ।
द्वन्द्वले तेहरान र वासिङ्टनबीच चलिरहेको आणविक वार्ताको शृङ्खलालाई लिकबाट उतारेको छ । इजरायलको अभियान सुरु भएपछि इरानले आक्रमणमा परेको बेला संयुक्त राज्य अमेरिकासँग वार्ता नगर्ने बताएको थियो ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले शासन परिवर्तनको प्रयासले ‘अराजकता’ ल्याउने भन्दै इरानसँग कूटनीति पुनः सुरु गर्न ट्रम्पको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो ।
चीनले ट्रम्पमाथि द्वन्द्वमा ‘आगोमा घिउ खन्याएको’ आरोप लगाएको छ भने टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायली नेता बेन्जामिन नेतान्याहुलाई ‘यस क्षेत्रको सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा’ भएको आरोप लगाउनुभएको छ ।
शुक्रबारदेखि इजरायलमा कम्तीमा २४ जनाको मृत्यु भएको र सयौँ घाइते भएको नेतान्याहुको कार्यालयले जनाएको छ ।
इरानले आइतबार इजरायली हमलामा सैन्य कमाण्डर, आणविक वैज्ञानिक र नागरिकसहित कम्तीमा दुई सय २४ जनाको मृत्यु भएको बताएको छ । त्यसछि तेहरानले अद्यावधिक सङ्ख्या जारी गरेको छैन ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँसहित देशका केही स्थानमा वर्षा कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छ : राष्ट्रपति पौडेल हामीले सचेत गराउन छाड्यौं भने लोकतन्त्रको आत्मा मर्छ: गगन थापा बस र टिपर एकापसमा ठोक्किँदा १० जना घाइते सुकुमबासी बस्तीमा दमन भएको भन्दै माइतीघरमा विरोध प्रदर्शन काठमाडौँबाट वीरगञ्जका लागि छुटेको एक रात्री बस दुर्घटना युवा तथा कामदार जनशक्तिलाई स्वदेशमै इच्छाइएको रोजगारी प्रदान गर्न देशमा चुनौतीहरू छन्: राष्ट्रपति पौडेल स्रोत नखुलेको मुद्रासहित दुई जनालाई पक्राउ समानुपातिक निर्वाचनमा दलहरुको खर्च सार्वजनिक सरकार नाजीवादको घोडामा चढेर हिंडिरहेको छ: सुदन किराँती शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता टिपरले मोटरसाइकलाई ठक्कर दिँदा एक जनाको मृत्यु ९ दिनदेखि हराइरहेकी महिला मृत फेला प्रधान न्यायाधीशमा सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ आजैबाट थालिने नेप्से परिसूचक २७.४९ अंकले बढ्यो लागुऔषधसहित १३ जना पक्राउ विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय समयको गतिसँगै पार्टीको कार्यशैली र पद्धतिमा व्यापक सुधार गर्नुपर्छ: देवराज चालिसे राष्ट्रपतिले सोमबार संसद्को संयुक्त बैठकमा सम्बोधन गर्ने नदीजन्य तथा खानीजन्य पदार्थको उत्खननलाई स्वीकृत मापदण्डबमोजिम गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन