2026-09-26 05:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतको गुजरातमा दुर्घटनाग्रस्त ‘एयर इन्डिया विमान’ दुर्घटनाको कारण

काठमाडौँ । भारतको गुजरातमा गएको साता दुर्घटनाग्रस्त एयर इन्डिया विमानको एउटा इन्जिन नयाँ र अर्को सर्भिसिङको अवधि डिसेम्बरसम्म बाँकी रहेको एयरलाइन्सका अध्यक्षले बताएका छन् ।

भारतीय समाचार च्यानललाई दिइएको एक अन्तर्वार्तामा एयरलाइन्सका अध्यक्ष एन. चन्द्रशेखरनले विमानका दुवै इन्जिनको विगत ‘स्वच्छ’ रहेको पनि बताए ।

“दायाँ इन्जिन मार्च २०२५ मा नयाँ राखिएको थियो । बायाँ इन्जिनको पछिल्लोपटक २०२३ मा सर्भिसिङ भएको र अर्को सर्भिसिङका निम्ति डिसेम्बर २०२५ सम्म बाँकी थियो,” उनले टाइम्स नाउ च्यानलको अन्तर्वार्तामा भने ।

गएको बिहीबार (जुन १२) लन्डनतर्फ जान लागेको बोइङ ७८७–८ ड्रिमलाइनर एआई १७१ विमान अहमदाबाद विमानस्थलबाट उडेको एक मिनेटभित्रै दुर्घटनाग्रस्त हुँदा कम्तीमा २७० जनाको मृत्यु भएको थियो ।

अनुसन्धानकर्ताले दुर्घटनाको कारण निर्धारण गर्न रेकर्ड गरिएको उडान डाटा र ककपिट अडियो ‘डिकोड’को काम गरिरहेका छन् ।

“सबै विज्ञले ब्ल्याक बक्स र रेकर्डरले निश्चित रूपमा कारण बताउने मलाई बताएका छन् । त्यसैले हामीले त्यसको लागि पर्खनुपर्छ,” चन्द्रशेखरनले भने ।

भारतको एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरोका पूर्वअनुसन्धानकर्ता किशोर चिन्ताले विमानको इन्जिनको अवस्था विशेष गरी बोइङ ७८७–८ मा प्रयोग हुने जेनएक्स–१ बी का सन्दर्भमा आधारभूत रूपमा यसको उमेरसँग सम्बन्धित नहुने बीबीसीलाई बताए ।

यसको अर्थ इन्जिन नयाँ भएकाले यो स्वस्थ वा पुरानो हुँदा अस्वस्थ हुने भन्ने नहुने उनले स्पष्ट पारे ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित