2026-09-26 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै पनि छलफललाई पूर्ण रूपमा अस्वीकार्य ठानेको बताउनुभएको छ ।
“यो अकल्पनीय छ । निस्सन्देह, यसको बारेमा खुलेर कुरा गर्नु पनि अस्वीकार्य हुनुपर्छ”, पेस्कोभले तेहरानमा सम्भावित शक्ति परिवर्तनका बारेमा पश्चिमी बयानबाजीको जवाफमा बेलायती समाचार आउटलेट स्काई न्युजलाई भन्नुभयो ।
इजरायल र इरानबीचको प्रत्यक्ष द्वन्द्वमा कुनै पनि अमेरिकी संलग्नताले स्थितिलाई उल्लेखनीय रूपमा बढाउने र यस क्षेत्रलाई अस्थिर बनाउने उहाँले चेतावनी दिनुभयो ।
“स्थिति पहिले नै अत्यन्त तनावपूर्ण छ र यस क्षेत्रका लागि मात्र नभई विश्वव्यापी स्थिरताका लागि खतरा उत्पन्न भएको छ । द्वन्द्वको भूगोल विस्तार र सहभागीहरूको सङ्ख्या बढाउनु अझ खतरनाक हुनेछ”, उहाँले भन्नुभयो ।
पेस्कोभले  इजरायल–इरान द्वन्द्वमा अमेरिकी हस्तक्षेपले ‘पान्डोराको बाकस खोल्न सक्ने’ चेतावनी समेत दिनुभयो ।छ।“
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनलाई इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कहाँ हुनुहुन्छ भन्ने थाहा भएको तर उहाँलाई हाल ‘उन्मूलन’ गर्ने योजना नभएको बताउनुभएको थियो ।
ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न पनि माग गर्नुभयो । यद्यपि उहाँले इरानी लक्ष्यहरूमा इजरायली आक्रमणपछि वासिङ्टनको धैर्य ‘कमजोर’ भए तापनि सैन्य बल तैनाथ गर्नबाट बच्न रुचाउने बताउनुभयो ।
पेस्कोभले इरानका सर्वोच्च नेतामाथि कुनै पनि सम्भावित हत्याको प्रयासप्रति रुसको प्रतिक्रिया तीव्र रूपमा नकारात्मक हुने बताउनुभयो । “हामी यस्तो कार्यको कडा निन्दा गर्नेछौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि