2026-10-22 09:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरेको एक दिनपछि पाकिस्तानद्वारा ट्रम्पको निन्दा

पाकिस्तानले इरानमाथि बमबारी गरेकामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निन्दा गरेको छ ।
भारतसँगको हालैको सङ्कट समाधान गरेकामा ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार भएको बताएको २४ घण्टाभन्दा कम समयमा पाकिस्तानको उक्त टिप्पणी आएको हो ।
अप्रिलमा भारत नियन्त्रित काश्मीरमा पर्यटकहरूको नरसंहारपछि दुई दक्षिण एसियाली मुलुक भारत र पाकिस्तानबीचको सम्बन्धमा गिरावट आएको थियो ।
त्यसपछिका हप्ताहरूमा अमेरिकाको नेतृत्वमा गहन कूटनीतिक प्रयासहरूले युद्धविराम नल्याएसम्म आणविक–सशस्त्र यी दुई प्रतिद्वन्द्वी मुलुक युद्धको नजिक पुगे र एकअर्कामाथि आक्रमण गरे । युद्धविरामको श्रेय ट्रम्पले लिनुभयो ।
यही ‘निर्णायक कूटनीतिक हस्तक्षेप र महत्त्वपूर्ण नेतृत्व’ का लागि पाकिस्तानले शनिबार राति एक्स प्लेटफर्ममा उत्साहजनक सन्देशमा प्रशंसा गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्राप्त गर्नका लागि आफ्नो औपचारिक सिफारिसको घोषणा गर्‍यो ।
तर २४ घण्टाभन्दा पनि कम समयपछि पाकिस्तानले इरानमाथि आक्रमण गरेकामा अमेरिकाको निन्दा गर्दै उक्त आक्रमणले ‘अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को विधानको गम्भीर उल्लङ्घन गरेको’ बताएको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले आइतबार इरानी राष्ट्रपति मसुद पेजेस्कियनसँग फोनमा कुराकानी गर्दै बम विष्फोटले आइएइएको सुरक्षामा रहेका सुविधाहरूलाई लक्षित गरेकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
पाकिस्तानको इरानसँग घनिष्ठ सम्बन्ध छ र उसले आत्मरक्षाको अधिकार रहेको भन्दै इजरायलमाथि गरेको आक्रमणलाई समर्थन गर्दछ ।
सेनाका शक्तिशाली प्रमुख असिम मुनीर र ट्रम्पबीच उच्च प्रोफाइल ह्वाइट हाउस लञ्च बैठकपछि ट्रम्प नोबेल शान्ति पुरस्कारको हकदार भएको भनी आएको सिफारिसका बारेमा सोमबार इस्लामाबादबाट तत्काल कुनै टिप्पणी आएन ।
दुई घन्टाभन्दा बढी चलेको बिहीबारको बैठकमा विदेशमन्त्री मार्को रुबियो र मध्यपूर्व मामिलाका लागि अमेरिकी विशेष प्रतिनिधि स्टिभ विटकफ पनि उपस्थित हुनुहुन्थ्यो ।
पाकिस्तानी सैन्य वक्तव्य अनुसार इरान र इजरायलबीचको विद्यमान तनावमा विस्तृत विचार आदानप्रदान भयो र दुवै नेताले द्वन्द्वको समाधानको महत्त्वमा जोड दिनुभयो ।
पाकिस्तानले भारतसँगको सङ्कटमा ट्रम्पको हस्तक्षेपका लागि छिट्टै धन्यवाद दिएको भए पनि नयाँदिल्लीले यसलाई कम महत्त्व दिएको थियो र काश्मीर मुद्दामा बाह्य मध्यस्थताको कुनै आवश्यकता नभएको बताएको थियो ।
काश्मीरको हिमाली क्षेत्र पाकिस्तान र भारतबीच विभाजित छ तर दुवैले यसलाई पूर्ण रूपमा दावी गर्छन् ।  भारतले पाकिस्तानलाई यस क्षेत्रमा उग्रवादी समूहहरूलाई समर्थन गरेको आरोप लगाउँछ । उक्त आरोपलाई पाकिस्तानले अस्वीकार गर्दछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ