2026-09-05 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरान–इजरायल युद्ध : पछिल्लो घटनाक्रम

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको युद्धविरामको अन्तिम क्षणहरूमा मिसाइलहरूमार्फत इरान र इजरायलले मङ्गलबार एकअर्काविरुद्ध आक्रमण गरेका छन् ।
मध्यपूर्वी शत्रुहरू बीचको १२ दिने युद्ध ‘आधिकारिक अन्त्य’ हुने अपेक्षा गरिएको बेला पछिल्ला केही घटनाक्रमहरू :
 युद्धविराम
ट्रम्पले सामाजिक सञ्जालमा अप्रत्याशित रूपमा राति पोस्टमा उल्लेख गरेअनुसार युद्धविराम सम्झौताले कट्टर शत्रुहरूलाई चरणबद्ध रूपमा गोलीबारी बन्द गर्नेछ ।
ट्रम्पका अनुसार इरानले मङ्गलबार ०४०० जिएमटी देखि सुरु हुने सबै अपरेसनहरू एकतर्फी रूपमा रोक्नेछ र इजरायलले १२ घण्टापछि यसको पालना गर्नेछ ।
“इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविराम हुने कुरामा पूर्ण सहमति भएको छ”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेख्नुभयो ।
उहाँले ‘आधिकारिक अन्त्य’ इजरायल र इरानले ‘आफ्ना चलिरहेका अन्तिम मिसनहरू समाप्त र पूरा गरेपछि’ आउने बताउनुभयो ।
कुनै सम्झौता छैन 
ट्रम्पको घोषणापछि इरानका विदेशमन्त्री अब्बास अराघचीले पोस्ट गर्नुभयो, “अहिलेसम्म युद्धविराम वा सैन्य अपरेसन बन्दको कुनै ‘सम्झौता’ छैन ।”
यद्यपि उहाँले यदि इजरायलले ‘आफ्नो अवैध आक्रमण’ रोक्यो भने तेहरानको ‘त्यसपछि हाम्रो प्रतिक्रिया जारी राख्ने कुनै इरादा हुनेछैन’ भन्नुभयो ।
जुन १३ मा इजरायलले आणविक र सैन्य स्थलहरूलाई लक्षित गरी इरानविरुद्ध आश्चर्यजनक ‘पूर्वनियोजित’ आक्रमणहरू गरेपछि सुरु भएको द्वन्द्वको अन्त्यमा इजरायलबाट तत्काल कुनै पुष्टि आएको छैन ।
नयाँ हमलाहरू 
इरानको राज्य मिडियाले मङ्गलबार युद्धविराम हुने अपेक्षा गरिएको बेला इजरायलतर्फ मिसाइलको पाँचौँ लहर अघि बढेको बताएको छ ।
इजरायली सेनाले इरानबाट आएको मिसाइलको पछिल्लो राउन्डलाई रोक्ने काम गरिरहेको बताएपछि उत्तरी इजरायलमा हवाई आक्रमणको साइरन बजेको थियो ।
दक्षिणी बिरसेबामा इरानी क्षेप्यास्त्र आक्रमणमा चार जनाको मृत्यु भएको र दुई जना सामान्य घाइते भएको इजरायली आपत्कालीन सेवाले जनाएको छ ।
इजरायलमा इरानको आक्रमणबाट भएको क्षतिको पूर्ण सीमा सैन्य सेन्सरसिप नियमका कारण थाहा छैन । तर आधिकारिक तथ्याङ्कअनुसार देशभर कम्तीमा ५० प्रहार स्वीकार गरिएको छ र २४ जनाको मृत्यु भएको छ ।
इरानमा इजरायली हमलामा चार सयभन्दा बढीको मृत्यु भएको इरानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 इरानद्वारा अमेरिकी हवाई अड्डामा हमला 
ट्रम्पको युद्धविराम घोषणाभन्दा केही घण्टाअघि इरानले तेहरानका आणविक सुविधाहरूमा अमेरिकी हमलाको बदलामा कतारमा रहेको अमेरिकी बेसमा मिसाइल प्रहार गरेको थियो ।
कतारले अल उदेद हवाई अड्डामा भएको आक्रमणलाई सफलतापूर्वक रोकेको बताएको छ । कतारले उक्त आक्रमणलाई सार्वभौमसत्ताको ‘स्पष्ट उल्लङ्घन’ भनेको छ र प्रतिक्रिया दिने अधिकार सुरक्षित रहेको बताएको छ ।
सप्ताहन्तमा संयुक्त राज्य अमेरिका बम विस्फोट अभियानमा सामेल भएपछि भएको यो आक्रमणलाई ट्रम्पले ‘धेरै कमजोर’ भन्दै अस्वीकार गर्नुभयो ।
उहाँका अनुसार इरानले आक्रमणको ‘पूर्व सूचना’ दिएको थियो । उहाँले इरानलाई यस कदमका लागि धन्यवाद दिँदै हमलाबाट ‘कसैले ज्यान नगुमाएको र कोही घाइते नभएको’ बताउनुभयो ।
 फैलावट 
संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेसले अल उदेद हवाई अड्डामा इरानले गरेको आक्रमणको निन्दा गर्दै लडाइँ रोक्न आह्वान गर्नुभएको छ ।
इरानको तटमा रहेको खाडी समुद्री व्यापार मार्गको विश्वव्यापी महत्त्वलाई ध्यानमा राख्दै चीनले सोमबार ‘युद्धको फैलावट’ विरुद्ध चेतावनी दिँदै अन्तर्राष्ट्रिय समुदायलाई लडाइँले विश्व अर्थतन्त्रलाई असर गर्नबाट रोक्न अझ बढी गर्न आग्रह गरेको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई स्ट्रेट अफ होर्मुज बन्द गर्नबाट रोक्न सहयोग गर्न चीनलाई आह्वान गर्नुभएको थियो ।
व्यापारीहरूले इरानद्वारा सम्भावित प्रतिशोधको परिमाण मापन गरेपछि सोमबार तेलको मूल्य केही समयका लागि घटेको थियो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले तेहरानका विदेशमन्त्री अब्बास अराघचीसँगको मस्को बैठकमा इरानमाथि भएको आक्रमणलाई ‘अकारण’ र ‘अनुचित’ भन्दै निन्दा गर्नुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीले रसुवाको पूर्वाधारमा ठूलो क्षति, आठ जलविद्युत् आयोजना पूर्ण प्रभावित प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने बाढी प्रभावितको उद्धारमा सरकार अझ जिम्मेवार र गम्भीर बन्नुपर्छ : प्रचण्ड फेवातालमा डुबेका युवकको उद्धार कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ