2026-09-26 04:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रेडियो पत्रकारलाई गलत तरिकाले बर्खास्त गरिएको अस्ट्रेलियाको एक अदालतको ठहर

काठमाडौँ । इजरायल–गाजा द्वन्द्वसँग सम्बन्धित सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेको भन्दै अस्ट्रेलियाको सार्वजनिक प्रसारक एबीसीले एक रेडियो पत्रकारलाई गैरकानुनी रुपमा बर्खास्त गरेको यहाँको एक अदालतले ठहर गरेको छ ।

अदालतले रेडियो पत्रकारलाई गैरकानुनी रुपमा बर्खास्त गरेको भन्दै एबीसीले एन्टोनेट लाट्टोफलाई क्षतिपूर्तिस्वरूप ७० हजार अष्ट्रेलियाली डलर (४५ हजार अमेरिकी डलर) तिर्नुपर्ने फैसला सुनाएको छ । फैसलापछि एबिसीले गल्तीका लागि सार्वजनिकरूपमा आत्मआलोचना गर्दै माफी मागेको छ ।

सङ्घीय अदालतका न्यायाधीश डेरिल रङ्गियाहले आफ्नो फैसलामा भनेको छ, “गाजामा इजरायली सैन्य अभियानको विरोधमा उहाँले राजनीतिक विचार राखेको लगायतका कारण देखाउँदै प्रसारणकर्ताले उहाँलाई बर्खास्त गरेर रोजगार कानून तोडेको अदालतको ठहर छ ।

लाट्टोफले एबीसीसँग पाँच दिने अनौपचारिक सम्झौता गरेको तीन दिनपछि सन् २०२३ को डिसेम्बरमा कानुनी कारबाही अघि बढाउँदै बर्खास्त गर्ने निर्णय एबिसीले गरेको थियो ।

उहाँले गाजा द्वन्द्वबारे ह्युमन राइट्स वाचको भिडियो रिपोर्ट इन्स्टाग्राममा पुनः पोस्ट गर्दै लेख्नुभएको छ, “एचआरडब्लुले भोकमरीलाई युद्धको औजारको रूपमा प्रयोग गरेको छ।”

एबीसीको उच्च व्यवस्थापनले उक्त पोस्टलाई लिएर जनाएको प्रतिक्रियामा पोस्ट ‘आतङ्कको अवस्था’मा परिणत भएको र एक घण्टाभित्रै उहाँलाई प्रशारण हटाउन भनिएको सुनुवाईका क्रममा वादीका तर्फबाट जिकिर गरिएको न्यायाधीश रङ्गियाहले बताउनुभएको छ ।

एबिसीका प्रबन्ध निर्देशक हग माक्र्सले भन्नुभयो, “संप्रेषित सन्देश हटाउने निर्णयलाई लिएर लाट्टोफलाई कसरी हेरियो र सङ्कटले उहाँलाई कसरी प्रभावित बनायो यो सोचनीय कुरा हो यसमा हामीबाट केही गल्ती भएको भए हामी त्यस घटनाप्रति खेद प्रकट गर्दछौँ।”

उहाँले भन्नुभयो, “यो स्पष्ट छ कि यो मुद्दा हाम्रो मूल्य मान्यता र अपेक्षा अनुसार व्यवस्थापन गरिएको छैन।”

उहाँले थप्नुभयो, “हामीले हाम्रा कर्मचारी र दर्शकहरूलाई पनि निराश पारेका छौँ र यो असफलताले जनता र सङ्गठनभित्र बुझ्नयोग्य चिन्ता पैदा गरेको छ।”
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित