2026-09-26 03:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ऊर्जा सङ्कटसँग जुध्न बङ्गलादेशले सौर्य ऊर्जाको प्रयोग गर्दै

बङ्गलादेशका अन्तरिम सरकारले देशले चरम गर्मी र विद्युत् अभावको दीर्घकालीन समाधानका लागि सबै सरकारी संस्थालाई सोलार प्यानल जडान गर्न आदेश दिएको छ ।

विद्युत्को गम्भीर अभाव भोगिरहेको १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशले सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाबाट २० प्रतिशत विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ। यसलाई चार गुणाले वृद्धि गर्दै सन् २०४० सम्ममा ३० प्रतिशत पु¥याउने लक्ष्य बङ्गलादेशको छ ।

अन्तरिम नेता मोहम्मद युनुसको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “बङ्गलादेश उर्जाका हिसाबले आफ्ना छिमेकी मुलुकभन्दा निकै पछाडि परेको छ ।”

“छिमेकी भारतमा कुल आवश्यकताको २४ प्रतिशत र श्रीलङ्कामा करिब ४० प्रतिशत हिस्सा नवीकरणीय स्रोतबाट पूरा भइरहेको तर हाम्रो कुल आवश्यकताको ५.६ प्रतिशत मात्र यसबाट पूरा भइरहेको छ,” विज्ञप्तिमा भनिएको छ ।

सरकारको रुफटप सोलार कार्यक्रमअन्तर्गत सबै सरकारी कार्यालय, विद्यालय, कलेज र अस्पताललाई तत्काल प्यानलसहितको सोलार जडान गरिने बिहीबार अबेर जारी उक्त विज्ञप्तिमा उल्लेख छ ।

पूर्व प्रधानमन्त्री शेख हसिनाले सरकारी शक्ति निकायको प्रयोग गरेर प्यानल स्थापना गर्न असफल भएको अवस्थामा यी प्यानलहरू निजी क्षेत्रका कम्पनीले स्थापना र सञ्चालन गर्ने उहाँले बताउनुभयो ।

“निजी क्षेत्रले समग्र मर्मतसम्भार सम्हाल्नेछ र प्रणालीलाई आफ्नो व्यावसायिक स्वार्थका लागि सञ्चालन गर्नेछ“, विज्ञप्तिमा अगाडि भनिएको छ ।
“सरकारले उनीहरूलाई छतमा पहुँच मात्र उपलब्ध गराउनेछ,” उहाँले भन्नुभयो ।

सरकारले कूल पाँच हजार २३८ मेगावाट क्षमताका ५५ वटा सौर्य ऊर्जा आयोजनाका लागि टेन्डर प्रक्रिया समेत शुरु गरेको छ ।

बङ्गलादेशले छिमेकी मुलुक भारतबाट सीमापार विद्युत् आयातमा धेरै निर्भर गर्दछ भने आवश्यकतालाई सम्बोधन गर्न नेपालबाट विद्युत आयात गर्छ । बङ्गलादेशका विद्युतका उपभोक्ताहरू गर्मीमा चिसो रहनको लागि प्रशस्त ऊर्जाको अभावग्रस्त एयर कन्डिसनरमा निर्भर हुन्छन्।

ढाकाले सन् २०१७ मा रूपपुरमा रुससमर्थित आणविक प्लान्टको निर्माण पनि सुरु गरेको थियो । दुई हजार ४०० मेगावाट क्षमताको यो आयोजना पूर्णरुपमा सञ्चालनमा आउँदा यो नै बङ्गलादेशको सबैभन्दा ठूलो विद्युत् गृह हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित