2026-10-22 08:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा भएको इजरायली आक्राणमा ३९ जना प्यालेस्टिनीको मृत्यु

उत्तरी, मध्य र दक्षिणी गाजा पट्टीका धेरै क्षेत्रहरूमा इजरायलले गरेका हवाई आक्रमणमा कम्तिमा ३९ जना प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएको जनाइएको छ ।
मध्य गाजा सहरको सामेर जङ्क्सन नजिकैका दुईवटा अपार्टमेन्टलाई लक्षित गरी भएको इजरायली आक्रमणमा १३ जना नागरिकको मृत्यु हुनुका साथै अन्य घाइते भएको चिकित्सा स्रोतहरूले बताएको छ । मध्य अल–रिमलको अल–थावरा स्ट्रिट स्थित अर्को आवासीय भवनमा भएको आक्रणमा एक आमा र छोराको मृत्यु भएको जनाइएको छ ।

सहरको पश्चिममा रहेको प्यालेस्टाइन जङ्क्सन नजिकै इजरायलले विस्थापित मानिसहरूको शिविरमा बम प्रहार गर्दा दस प्यालेस्टिनीहरूको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको जनाइएको छ । गाजा पट्टीको उत्तरमा जबालिया अल–बलादको दर्दुना जङ्क्सन नजिकैको घरमा भएको आक्रमणमा अन्य १० जनाको मृत्यु भएको उल्लेख गरिएको छ ।

खान युनिसको अघिल्लो बम विस्फोटमा घाइते भएका एक प्यालेस्टिनीको मृत्यु भएको जनाइएको छ । खान युनूसको विस्थापितहरुको शिविरमा भएको इजरायली ड्रोन आक्रमणमा दुई बच्चासहित अन्य तीन जनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ