2026-11-11 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, सुरक्षाकर्मी र बालबालिका प्रभावित

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा आज भएको एक आत्मघाती आक्रमणमा परी १६ जना सुरक्षाकर्मीले ज्यान गुमाएका छन् भने तीस जना भन्दा बढी व्यक्ति घाइते भएका छन्। घाइतेहरूमा सर्वसाधारण, प्रहरी कर्मचारी र बालबालिकासमेत रहेका छन् ।

स्थानीय प्रशासनका एक अधिकारीका अनुसार, विस्फोटक पदार्थले भरिएको सवारी साधन एक सैनिक गाडीको समूहमा ठोक्किएको थियो। प्रारम्भमा १३ जनाको मृत्यु भएको बताइएको भए पनि पछिल्लो विवरणअनुसार १६ जनाको ज्यान गएको पुष्टि गरिएको छ ।
विस्फोटको कारणले नजिकका दुईवटा घरका छाना भत्किँदा छ जना बालबालिका घाइते भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यो आक्रमणको जिम्मेवारी हाफिज गुल बहादुर समूह अन्तर्गतको आत्मघाती हमला समूहले लिएको बताइएको छ, जुन पाकिस्तानमा क्रियाशील एक सशस्त्र संगठन हो ।
सन् २०२१ मा अफगानिस्तानमा तालिबान पुनः सत्तामा पुगेपछि पाकिस्तानका सीमावर्ती क्षेत्रमा हिंसात्मक घटनाहरूमा तीव्र वृद्धि भएको छ। पाकिस्तानले यस्ता आक्रमणहरूका लागि अफगान भूमि प्रयोग भएको आरोप लगाउँदै आएको छ, यद्यपि अफगान सरकारले उक्त आरोप अस्वीकार गर्दै आएको छ ।

एएफपीको सङ्कलन अनुसार, सालको सुरुदेखि अहिलेसम्म खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा भएका विभिन्न हिंसात्मक घटनामा झण्डै २९० जनाले ज्यान गुमाइसकेका छन्, जसमा अधिकांश सुरक्षाकर्मी रहेका छन् ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने