2026-09-26 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जून महिनामा दुई लाखभन्दा बढी अफगानी स्वदेश फिर्ता: आइओएम

जुन महिनामा दुई लाख ३० हजारभन्दा बढी अफगानीले उनीहरूलाई स्वदेश फर्किन दिइएको निर्देशन अनुसार इरान छोडेका छन् । तीमध्ये अधिकांशलाई निर्वासित गरिएको हो भने उनीहरू तेहरानको निर्धारित समयसीमा अघि फिर्ता हुने क्रम बढेको संयुक्त राष्ट्रसङ्घको आप्रवासन मामिला हेर्ने निकायले सोमबार बताएको छ ।

जुन महिनाको २८ गते सम्म दुई लाख ३३ हजार ९४१ व्यक्तिहरू इरानबाट अफगानिस्तान फर्केको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङंगठनका प्रवक्ता अवन्द अजिज अघालाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

सन् २०२५ जनवरीदेखि जुन २८ सम्म छ लाख ९१ हजार ४९ जना मानिसहरू फर्केको र उनीहरुमध्ये ७० प्रतिशतलाई जबरजस्ती फिर्ता पठाइएको उहाँले बताउनुभयो ।

अफगानीहरूले बढ्दो निर्वासन र मे महिनामा इरानले घोषणा गरेको जुलाई ६ सम्मको समयसीमाका कारण पछिल्लो समयमा स्वदेश फर्कनेहरूको सङ्ख्या बढेको जनाइएको छ ।

गत हप्ताको धेरै दिनसम्म यो सङ्ख्या दैनिक ३० हजारको हाराहारीमा रहेको आइओएमले जनाएको छ ।

हालको फिर्ता दरको दैनिक तथ्याङ्क लगभग छ देखि सात हजार रहेकोमा समयसीमा अघि सङ्ख्या बढ्ने अपेक्षा गरेको संयुक्त राष्ट्रसङ्घ र तालिबानका सीमा अधिकारीले जनाएका छन् ।

आइतवार एकैदिन दुई हजार ९९७ अफगान परिवारका दश हजार ६६१ सदस्यहरू छिमेकी मुलुक इरान र पाकिस्तानबाट स्वदेश फर्केको अफगानिस्तानको फिर्ती समस्या सम्बोधन गर्ने उच्च आयोगले सोमबार जनाएको छ ।

शरणार्थाी पश्चिमी हेरात प्रान्तको इस्लाम काला, पूर्वी नान्गाहार प्रान्तको तोरखाम, दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा र पश्चिमी निमरोज प्रान्तको अब्रिसम सीमा हुँदै घर फर्केका छन्।

स्रोतका अनुसार अधिकांश आप्रवासीहरू इरानबाट इस्लाम काला सिमा हुँदै फर्केका हुन्।

संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्तका अनुसार सन् २०२५ सम्ममा १२ लाखभन्दा बढी अफगानीहरू छिमेकी देश इरान र पाकिस्तानबाट फर्केका छन्।

अफगान अन्तरिम सरकारले अफगान शरणार्थीहरूलाई शरणार्थीका रूपमा विदेशमा नबस्न र आफ्नो मातृभूमिको पुनः र्निर्माणमा योगदान गर्न घर फर्कन बारम्बार आह्वान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित