2026-10-20 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

राष्ट्रसङ्घको नेतृत्वमा अफगानिस्तानको सङ्कट समाधानका लागि दोहा वार्ता सुरु

काठमाडौँ । अफगानिस्तानको सङ्कट समाधानार्थ संयुक्त राष्ट्रसङ्घ नेतृत्वको दोहा वार्ता सोमबार देखि सुरु भएको छ । वार्ता मादक पदार्थको प्रतिरोध, आर्थिक सुधार, सहयोगीहरुको समावेशी सहभागितामा केन्द्रित रहेको खामा प्रेसले जनाएको छ ।

अफगानिस्तानको आर्थिक र सामाजिक सङ्कटलाई सम्बोधन गर्ने उद्देश्यले दोहा प्रक्रिया बैठकहरूको नयाँ चरण सोमबार र मङ्गलबार कतारको दोहामा हुनेछ । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले संयुक्त राष्ट्र सदस्य राष्ट्रका प्रतिनिधि, तालिबान अधिकारी, अफगानिस्तान नागरिक समाज, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्राविधिक विशेषज्ञलगायतको सहभागिता रहनेछ ।

युएनएएमएका प्रवक्ताले आगामी छलफल मादक पदार्थ विरोधी प्रयास र अफगानिस्तानको निजी क्षेत्रको विकास प्राविधिक कार्य समूहले लागुऔषध तस्करीसँग लड्न र निजी क्षेत्रको वृद्धिको माध्यमबाट आर्थिक सुधारलाई बढावा दिने रणनीति केन्द्रित हुने प्रवक्तालाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ ।

सन् २०२३ मा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्मा पेस गरिएको स्वतन्त्र मूल्याङ्कन प्रतिवेदनको सिफारिस पछि कार्यसमूहहरू स्थापना गरिएको थियो । प्रतिवेदनले अफगानिस्तानसँग विशेष गरी गैर–राजनीतिक, प्राविधिक सहयोगको माध्यमबाट थप संरचित, समावेशी र समन्वित विश्वव्यापी संलग्नताका लागि आह्वान गरेको छ ।

युएनएएमएले बैठकहरू तालिबानलाई औपचारिक मान्यता प्रदान गर्ने उद्देश्यले नभई अफगानिस्तानका जनतालाई समर्थन गर्न व्यावहारिक मार्गहरू खोज्नको लागि आयोजना गरिएको जनाएको छ ।

यी बैठकहरूको लक्ष्य विशेष आर्थिक विकास, लागुऔषध नियन्त्रणजस्ता क्षेत्रहरूमा अफगानिस्तानको सङ्कटहरूको व्यावहारिक, अराजनैतिक समाधानहरू विकास गर्नु हो ।

सन् २०२१ अगस्टमा तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानको मानवीय र आर्थिक स्थिति बिग्रँदै गएको छ ।

सन् २०२३ मा संयुक्त राष्ट्रद्वारा नियुक्त विशेषज्ञले फगानिस्तानको अवस्थाको स्वतन्त्र मूल्याङ्कनको प्रतिवेदनले राजनीतिक मान्यता बहसमा नपरेर खाद्य असुरक्षा, स्वास्थ्य सेवाको अभाव, शिक्षाको खाडल र जीविकोपार्जनलाई सम्बोधन गर्न समावेशी प्राविधिक मञ्चहरू सिर्जना गर्न पर्नेमा जोड दिएको छ ।

बैठकको यो आगामी चरण रचनात्मक रहने अपेक्षा गरिएको र यसको उद्देश्य सहयोग, संवाद र समन्वित कार्यको माध्यमबाट अफगानिस्तानको दबाबपूर्ण चुनौतिहरू समाधान गर्न सम्बन्धित सबैलाई एकजुट गर्नु रहेको सहभागी अफगानी प्रतिनिधिले बताएका छन् ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ