२०८३, २२ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विवादित काश्मीरमा हिन्दू तीर्थयात्रा सुरु

२०८२, १९ असार बिहीबार १३:५१
हिन्दूहरूले बिहीबार विवादित भारतीय काश्मीरमा एक महिना लामो विशाल तीर्थयात्रा सुरु गरेका छन् । धेरै श्रद्धालुहरू अप्रिलको घातक आक्रमणले पाकिस्तानसँग द्वन्द्व निम्त्याएको ठाउँ नजिकैबाट यात्रा सुरु गरेका छन् ।
गत वर्ष पहलगाम सहरको माथिको जङ्गलले घेरिएको हिमाली पहाडको गुफामा अवस्थित पवित्र बरफ स्तम्भको अमरनाथ तीर्थयात्रामा पाँच लाख भक्तजनले भाग लिएका थिए ।
पहलगाम त्यो स्थल हो जहाँ २२ अप्रिलमा बन्दुकधारीहरूले २६ जना हिन्दू पर्यटकको हत्या गरेका थिए ।
नयाँदिल्लीले बन्दुकधारीहरूलाई पाकिस्तानको समर्थन रहेको बताएको थियो भने इस्लामाबादले उक्त दाबीलाई अस्वीकार गरेको थियो । बन्दुकधारीको उक्त आक्रमणले परस्पर कूटनीतिक उपायहरूको शृङ्खला सुरु गर्‍यो र यो चार दिनको द्वन्द्वमा परिणत भयो ।
सन् १९९९ पछि आणविक–सशस्त्र यी दुई मुलुकले गरेको यो सबैभन्दा खराब गतिरोध थियो । मे १० को युद्धविरामअघि दुवै पक्षमा मिसाइल, ड्रोन र तोप आक्रमणमा ७० भन्दा बढी मानिस मारिएका थिए ।
तर उत्तर प्रदेश राज्यबाट यात्रा गरेका तीर्थयात्री मुनेश्वर दास शास्त्रीले भन्नुभयो, “कुनै पनि प्रकारको डर छैन, हाम्रो सेनाले जताततै पहरा दिइरहेको छ । कसैले पनि हामीतिर औँला उठाउन सक्दैन ।”
भारतले यस कार्यक्रमका लागि सुरक्षा बढाएको छ । हिन्दू धर्मका संहारकर्ता देवता शिवलाई समर्पित उच्च उचाइको गुफामा पुग्ने कठिन यात्राको निरीक्षण गर्न उच्च प्रविधिको निगरानी उपकरणहरूसहित ४५ हजार सेना तैनाथ गरिएको छ ।
“तीर्थयात्रीहरूलाई सुरक्षित र सहज बनाउन हामीसँग बहुस्तरीय र गहिरो सुरक्षा व्यवस्था छ”, मुस्लिम बहुल क्षेत्रका प्रहरी प्रमुख भीके बर्डीले भन्नुभयो ।
– डर छैन –
पहलगाममा सैनिकहरूले टेन्ट गरिएको आधार शिविरलाई रेजर तारले घेरिएको किल्लामा परिणत गरेका छन् ।
भर्खरै तैनाथ गरिएका सशस्त्र गाडीहरूमा वा बालुवाको बोराहरू पछाडिको बन्दुकको स्थितिबाट सेनाहरूले नजिकबाट अनुहार पहिचान क्यामेराहरूले सहयोग गरेका प्रयासमार्फत निगरानी राख्छन् ।
जम्मू काश्मीरका भारतीय नियुक्त शीर्ष प्रशासक मनोज सिन्हाले भन्नुभयो, “मार्गका सबै मुख्य विन्दुमा उच्च गुणस्तरका निगरानी क्यामेराहरू स्थापना गरिएको छ ।”
सबै तीर्थयात्रीहरू दर्ता भएका हुनुपर्छ र हिँड्न सुरु नगरेसम्म संरक्षित गाडीमा यात्रा गर्नुपर्छ ।
बाटोको जङ्गलमा लुकेका बङ्करहरू निर्माण गरिएका छन्, जहाँ दर्जनौँ अस्थायी भान्साघरहरूले निःशुल्क खाना प्रदान गर्छन् ।
इलेक्ट्रोनिक रेडियो कार्डहरूले तिनीहरूको स्थान सङ्केत गर्छन् ।
तीर्थयात्रीहरूलाई अन्तिम सजिलो मोटरेबल ट्र्याकबाट  लगभग ३० किलोमिटर (१८ माइल) माथि तीन हजार नौ सय मिटर (१२ हजार आठ फिट) उचाइमा अवस्थित गुफामा पुग्न धेरै दिन लाग्न सक्छ ।
“यहाँ जे पनि आक्रमण भयो, म डराएको छैन । म बाबा (बरफको संरचना) को एक झलक लिन आएको हुँ”, भारतको उत्तर प्रदेश राज्यका २९ वर्षीय उज्ज्वल यादवले मन्दिरको पहिलो तीर्थयात्रा गर्दै भन्नुभयो, “यहाँ यस्तो सुरक्षा व्यवस्था छ कि कसैलाई चोट लाग्न सक्दैन ।”
सिन्हाले ‘जनताको विश्वास फर्किँदैछ’ भन्नुभए पनि यस वर्ष तीर्थयात्री दर्ता १० प्रतिशतले घटेको स्वीकार गर्नुभयो ।
एक समय सामान्य, अल्पज्ञात अनुष्ठान, मुख्यतः स्थानीय केही हजार भक्तजनले मात्र सहभागिता देखाउँथे । यो तीर्थयात्रा सन् १९८९ मा सशस्त्र विद्रोह सुरु भएदेखि बढेको छ ।
त्यसबेलादेखि भारत सरकारले अगस्ट ९ सम्म चल्ने यो वार्षिक कार्यक्रमलाई धेरै बढावा दिएको छ ।
काश्मीरमा भारतको नियन्त्रणविरुद्ध लड्ने विद्रोहीहरूले तीर्थयात्रा लक्ष्य नभएको बताएका छन् । यद्यपि उनीहरूले यदि यो हिन्दू प्रभुत्व स्थापना गर्न प्रयोग गरियो भने कारबाही गर्ने चेतावनी दिएका छन् ।
सन् २०१७ मा सन्दिग्ध विद्रोहीहरूले तीर्थयात्री बसमा आक्रमण गरी ११ जनाको ज्यान लिएका थिए ।
भारतको स्थायी रूपमा पाँच लाख सैनिक तैनाथ रहेको काश्मीरमा सुरक्षा बलले खोजी गरे तापनि अप्रिल २२ को हत्या गर्ने बन्दुकधारीहरू फरार छन् ।
जुन २२ मा भारतको राष्ट्रिय अनुसन्धान एजेन्सीले पहलगाम क्षेत्रबाट दुई जनालाई पक्राउ गरेको बताएको थियो । उनीहरूले बन्दुकधारीहरूलाई ‘खाना, आश्रय र रसद सहयोग प्रदान गरेको’ बताएका थिए ।
भारतीय प्रहरीले तीन बन्दुकधारीका लागि वाञ्छित सूचना जारी गरेको छ । तीमध्ये दुईजना पाकिस्तानी नागरिक भएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसले संसद् समन्वय बोर्डको प्रथम बैठक बोलायो टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु नागढुंगा सुरुङमार्ग साउन दोस्रो हप्तादेखि सञ्चालनमा ल्याउन निर्देशन नेप्से परिसूचक ३४ अंकले घट्यो यो देश गरिबको पनि हो: हर्कराज राई अब केही समयमा बागमती र मधेश प्रदेशसम्म पानी पर्ने ट्याक्टर अनियन्त्रित भइ ठक्कर दिँदा दुई जनाको मृत्यु जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ रोजगारी सिर्जना र अर्थतन्त्रको दायरा फराकिलो बनाउन निजी क्षेत्र नै सबैभन्दा महत्त्वपूर्ण खम्बा हो: अर्थमन्त्री वाग्ले मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक रोशी खोलामा बाढी आएपछि बीपी राजमार्ग अवरुद्ध भूमिहीनको दिगो समाधान गरिने छ : प्रधानमन्त्री शाह सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी