2026-09-26 03:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

इन्डोनेसियाको बालीको रिसोर्ट टापुतर्फ जाँदै गरेको एउटा डुङ्गा डुब्दा बिहीबारसम्म कम्तीमा चार जनाको मृत्यु भएको बताइएको छ । स्थानीय अधिकारीहरूले दर्जनौँको विवरण नभएको उल्लेख गर्दै अहिलेसम्म २३ जनाको जीवितै उद्धार गरिएको बताएका छन् ।
इन्डोनेसियाको मुख्य टापु जाभाबाट लोकप्रिय छुट्टी गन्तव्यमा जाँदै गर्दा बुधबार मध्यरातअघि ६५ यात्रु बोकेको जहाज डुब्दा उद्धारकर्ताहरूले समुद्रमा ३८ बेपत्ताहरूको खोजी कार्य भइरहेको बताएका छन् ।
डुङ्गा प्रस्थान गरेको पूर्वी जाभाको बन्युवाङ्गीका प्रहरी प्रमुख रामा सम्तमा पुत्राले भन्नुभयो, “२३ जनाको उद्धार गरिएको छ, चार जनाको मृत्यु भएको छ ।”
साउदी अरबको भ्रमणमा रहनुभएका राष्ट्रपति प्रबोवो सुबिआन्तोले तत्काल आपत्कालीन प्रतिक्रियाको आदेश दिनुभएको छ । क्याबिनेट सचिव टेडी इन्दिरा विजयाले बिहीबार एक विज्ञप्तिमा दुर्घटनाको कारण ‘खराब मौसम’ रहेको बताउनुभयो ।
जाभास्थित सुराबाया खोज र उद्धार एजेन्सीका प्रमुख नानांग सिगिटले एक विज्ञप्तिमा घटनाको तथ्याङ्कको पुष्टि गर्दै डुङ्गामा पुग्ने प्रयासहरू सुरुमा प्रतिकूल मौसमको अवस्थाले असहज भएको र पछि पछि हटाइएको बताउनुभयो ।
एजेन्सीले यसअघि ६१ जना बेपत्ता भएको र चार जनालाई उद्धार गरिएको बताएको थियो । केएमपी टुनु प्रतामा डुङ्गा प्रस्थान गरेको करिब २५ मिनेटपछि डुबेको एजेन्सीले बताएको छ । एजेन्सीको तथ्याङ्क अनुसार डुङ्गामा ५३ जना यात्रु र १२ जना चालक दलका सदस्य थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित