2026-11-10 01:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

हिमाचल प्रदेशमा भारी वर्षाका कारण सार्वजनिक सेवा तथा यातायात अवरुद्ध

काठमाडौँ । पछिल्लो गत २४ घण्टामा हिमाचल प्रदेशभरि भएको भारी वर्षाले सार्वजनिक सुविधाहरूमा व्यापक अवरोध ल्याउनुका साथै सडक, विद्युत् र पानी आपूर्ति योजनाहरू प्रभावित भएको राज्य आपत्कालीन सञ्चालन केन्द्र (एसइओसी) ले स्थानीय समयानुसार बिहीबार बिहान ३ बजे जारी गरिएको पछिल्लो रिपोर्टमा जनाएको छ ।
हिमाचल प्रदेश विपद् व्यवस्थापन प्राधिकरणका अनुसार जुलाई २ मा दुई सय ४५ वटा सडक, नौ सय १८ वटा डिटिआर र छ सय ८३ वटा जलापूर्ति योजना अवरुद्ध भएको रिपोर्टको तुलनामा क्षति बढेको देखाएको छ । पछिल्लो तथ्याङ्कले धेरै जिल्लामा मनसुनको प्रभाव चिन्ताजनक वृद्धि भएको देखाएको छ ।
धरमपुर (४२), सेराज (३७), थलौत (३१) र करसोग (२७) सहित विभिन्न उपखण्डमा एक सय ८६ वटा सडक अवरुद्ध भएका कारण मन्डी जिल्ला सबैभन्दा बढी प्रभावित रहेको छ ।
कुल्लुमा भारी वर्षाका कारण निर्मन्दमा २१ र बञ्जरमा ११ सहित ३७ वटा सडक अवरुद्ध भएको बताइएको छ । जिल्लामा १५ वटा डिटिआर अवरोध र ३३ वटा प्रभावित जलापूर्ति योजनाको पनि रिपोर्ट गरिएको छ ।
काङ्गडाले १२ वटा सडक अवरुद्ध र तीनवटा डिटिआर अवरोध भएको रिपोर्ट गरे पनि पानी आपूर्ति योजनाहरू अप्रभावित रहेको बताइएको छ ।
शिमलामा तीनवटा सडक अवरुद्ध र एउटा डिटिआर अवरुद्ध भएको छ भने १२ वटा पानी आपूर्ति योजनाहरू–मुख्यतया कुपवी र रामपुर उपविभागहरूमा–प्रभावित भएका छन् ।
राज्य सरकारले अवस्थाको निगरानी गरिरहेको छ र वर्षाको गतिविधि जारी रहने अपेक्षा गरिएको हुनाले जोखिममा रहेका क्षेत्रका बासिन्दाहरूलाई सतर्क रहन सल्लाह दिएको छ ।
सडक बन्द भएका ठाउँमा वैकल्पिक मार्गको व्यवस्था भइरहेको छ र उपयोगिता पुनःस्थापना टोलीहरूले प्रभावित क्षेत्रहरूमा अवरुद्ध बिजुली र पानी आपूर्ति प्रणाली पुनःस्थापना गर्न प्राथमिकताका साथ काम गरिरहेका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने