2026-11-11 01:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इन्डोनेसियामा उद्धारकर्ताद्वारा डुङ्गा डुब्दा बेपत्ता भएकाहरूको खोजी कार्य जारी

सयौँ इन्डोनेसियाली उद्धारकर्ताले शुक्रबार बालीको रिसोर्ट टापु जाने बाटोमा एउटा डुङ्गा समुद्रमा डुब्दा कम्तीमा छ जनाको मृत्यु भएपछि दर्जनौँ बेपत्ताको खोजी विस्तार गरेका छन् ।
यात्रु र चालक दलका सदस्यसहित कम्तीमा ६५ जना यात्रु बोकेको डुङ्गा पूर्वी जाभा टापुबाट बालीमा पाँच किलोमिटर (३.२ माइल) पार गर्दै गर्दा बुधबार राति खराब मौसमका राण डुबेको प्रत्यक्षदर्शी र अधिकारीहरूले बताएका छन् ।
शुक्रबार बिहानसम्म २९ जनालाई पानीबाट सुरक्षित स्थानमा लगिएको छ भने ३० जना अझै बेपत्ता छन् ।
उद्धार अधिकारीहरूले मृत फेला परेका छ जनामध्ये एक जना तीन वर्षीय बालक रहेको बताएका छन् ।
उद्धारकर्ताहरूले पूर्वी जाभा र बालीको तटरेखामा आफ्नो प्रयास विस्तार गर्दै शुक्रबार समुद्री र हवाई मार्गबाट खोजी कार्य जारी राखेको राष्ट्रिय खोजी र उद्धार एजेन्सी अपरेसनका अधिकारी रिबुट इको सुयाटनोले पत्रकारहरूलाई बताउनुभयो ।
जाभाको केटापाङ बन्दरगाहबाट बालीको गिलिमानुक बन्दरगाहसम्मको डुङ्गा मार्ग देशको सबैभन्दा व्यस्त सीमाहरूमध्ये एक हो । यो यात्रा पूरा गर्न करिब एक घण्टा लाग्छ र प्रायः कार लिएर टापुहरू बीच यात्रा गर्ने मानिसहरूद्वारा प्रयोग गरिन्छ ।
स्थानीय उद्धार अधिकारीहरूले केएमपी टुनु प्रतामा जया जहाज आफ्नो यात्राको २५ मिनेटमै डुबेको बताएका छन् ।
जाभास्थित सुराबाया खोजी र उद्धार एजेन्सीले खोजीका लागि शुक्रबार कम्तीमा तीन सय छ जना उद्धारकर्ता तैनाथ गरिएको बताएको छ ।
उद्धारकर्ताहरूले बिहीबार खोजीमा सहयोग गर्न इन्फ्लेटेबल डुङ्गाहरू, ठूलो उद्धार जहाज र हेलिकप्टर तैनाथ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने