2026-09-26 03:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली आक्रमणमा १५ जनाको मृत्यु

काठमाडौँ । गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार प्यालेस्टिनी क्षेत्रमा लगभग २१ महिनाको युद्धपछि इजरायली हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ ।
इजरायलले हालै गाजा पट्टीमा आफ्नो सैन्य कारबाही विस्तार गरेको छ । त्यहाँ युद्धले यस क्षेत्रको २० लाखभन्दा बढी जनसङ्ख्याका लागि गम्भीर मानवीय अवस्था सिर्जना गरेको छ ।
दक्षिणी गाजा सहर खान युनिस नजिकै विस्थापित मानिसहरूको शिविरमा भएको इजरायली हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघायरले बताउनुभयो ।
उहाँले खान युनिसको तटमा रहेको पाल शिविरहरूमा दुई अन्य आक्रमणमा थप आठ जनाको मृत्यु भएको बताउनुभयो । उक्त आक्रमणमा शुक्रबार बिहान दुई बालबालिकाको मृत्यु भएको थियो ।
प्यालेस्टिनी लडाकू समूह हमासले बिहीबार मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको बताए पनि इजरायली नेताहरू हमासलाई दमन गर्ने आफ्नो लक्ष्यमा अडिग छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले हमाससँग ६० दिनको युद्धविराममा सहमति जनाएको भन्दै गाजामा बाँकी रहेका बन्धकहरूलाई रिहा गर्नसक्ने बताउनुभएको थियो ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बाँकी बन्दीलाई फिर्ता गर्न ठूलो आन्तरिक दबाबमा पर्नुभएको छ ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित