Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, १९ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विश्वासको मतले इयु प्रमुखका लागि थोरै खतरा भए छानविनको सङ्केत गर्ने

२०८२, २३ असार सोमबार १४:२२
युरोपेली सङ्घ (इयु) प्रमुख उर्सुला भोन डेर लेयनले सोमबार विश्वासको मतदानअघि सांसदहरूबाट कडा प्रश्नको सामना गर्नुहुनेछ । विश्वासको मतदानमा उहाँले जित्ने निश्चित भए पनि यसले उहाँको ब्लकको नेतृत्वमा नयाँ छानबिन ल्याउनेछ ।
अति–दक्षिणपन्थी गुटले चालेको दुर्लभ चुनौतीले स्ट्रासबर्गमा बिहीबार मतदान हुँदा कन्जरभेटिभ युरोपेली आयोगका अध्यक्षलाई पराजित गर्ने कुनै सम्भावना छैन ।
तर सोमबारको बहसले ब्लकको सभामा इयु–व्यापी निर्वाचनको एक वर्षपछि सबै पक्षका भन डेर लेयनका विरोधीहरूलाई आफ्नो शक्ति देखाउने मौका दिनेछ ।
विश्वासको मत रोमानियाका अति–दक्षिणपन्थी सांसद घिओर्गे पिपेरियाले सुरु गर्नुभएको थियो । उहाँले भोन डेर लेयनमाथि कोभिड खोपका लागि वार्ता गर्दा फाइजरका प्रमुखलाई पठाएको पाठ सन्देशहरूमा पारदर्शिताको कमी भएको आरोप लगाउनुभएको थियो ।
द न्युयोर्क टाइम्स लगायत धेरै अदालती मुद्दाहरूको केन्द्रविन्दु–सन्देशहरू जारी गर्न आयोगको असफलताले यसका मालिकलाई केन्द्रीकृत र अपारदर्शी निर्णय लिने आरोप लगाउने आलोचकहरूलाई बल दिएको छ ।
यो बाम र केन्द्रमा भोन डेर लेयनका परम्परागत सहयोगीहरूको बढ्दो गुनासो हो । उनीहरूले संसद्मा नयाँ यथास्थितिलाई लिएर विरोध गरेका छन् । संसद्मा उहाँको केन्द्र–दक्षिणपन्थी खेमाले आफ्नो एजेन्डा अगाडि बढाउन अतिदक्षिणपन्थीसँग बढी मिलेर काम गरेको छ ।
– पुटिनका कठपुतली’ –
‘फाइजरगेट’ बाहेक रोमानियाका पिपेरियाले युरोपेली आयोगले उहाँको देशको हालैको राष्ट्रपति चुनावमा हस्तक्षेप गरेको आरोप पनि लगाउनुभएको छ । निर्वाचनमा इयुका आलोचक र राष्ट्रवादी जर्ज सिमिओन युरोपेली समर्थक निकुसोर डानसँग पराजित हुनुभएको थियो ।
रोमानियाको संवैधानिक अदालतले रुसी हस्तक्षेप र कट्टर दक्षिणपन्थी उम्मेदवारलाई फेरि खडा हुनबाट प्रतिबन्ध लगाइएको आरोप लगाउँदै प्रारम्भिक मतपत्र खारेज गरेपछि मतदान भएको थियो ।
मतदान रद्द भएपछि इयुले टिकटकमा औपचारिक अनुसन्धान सुरु गरेको थियो ।
भोन डेर लेयनलाई पिपेरियाको चुनौतीलाई फ्रान्सको नेसनल र्‍याली र हङ्गेरीका राष्ट्रवादी प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टी दुवै समावेश भएको प्याट्रियट्स फर युरोप समूहसहित अति–दक्षिणपन्थीको समर्थन छ ।
प्रस्तावले गत हप्ता सात सय २० सिट विधायिकाको दशांश अर्थात न्यूनतम ७२ हस्ताक्षर सङ्कलन गरेपछि मतदान तय गरिएको थियो । गत जुलाईमा भएको मतदानमा भोन डेर लेयन चार सय एक मतले पुनः निर्वाचित हुनुभएको थियो ।
संसद्को सबैभन्दा ठूलो शक्ति, भोन डेर लेयनको युरोपियन पिपुल्स पार्टी (इपिपी) ले आयोगको प्रमुखलाई दिइएको चुनौतीलाई स्पष्ट रूपमा अस्वीकार गरेको छ । समूहका प्रमुख म्यानफ्रेड वेबरले यसलाई रूसी समर्थक, विधानसभामा युरोपेली विरोधी शक्तिहरूको काम भन्नुभएको छ ।
“रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कठपुतलीहरूले युरोपेली संसद्मा युरोपको एकतालाई कमजोर पार्ने र विश्वव्यापी अशान्ति र आर्थिक सङ्कटको समयमा आयोगलाई तल झार्ने प्रयास गरिरहेका छन्”, उहाँले आरोप लगाउँदै भन्नुभयो, “यो युरोपेली जनताका लागि लाजमर्दो कुरा हो ।”
बाम र केन्द्रमा निन्दा प्रस्तावलाई समर्थन गर्ने कुनै प्रश्न उठ्दैन ।
तर दुवै खेमाले विवादास्पद उपायहरू पारित गर्न र विशेष गरी वातावरणीय नियमहरू फिर्ता लिन अतिदक्षिणपन्थीसँग मिलेर काम गरेको आरोप लगाउँदै भोन डेर लेयनलाई उहाँको निष्ठा स्पष्ट गर्न दबाब दिन चाहन्छन् ।
“हामी इपिपीलाई सोध्न जाँदैछौँ, स्पष्ट रूपमा, यो कससँग काम गर्न चाहन्छ”, मध्यमार्गी नेता भ्यालेरी हेयरले भन्नुभयो, “के यो अझै पनि हामीसँग छ, युरोपेली समर्थक समूहहरू–– वा इसिआर र प्याट्रियट्सहरूसँग जसले इपिपी आयोगका प्रमुखलाई तल झार्न खोजिरहेका छन्–– र यससँग युरोपको दृष्टिकोण जसमा हामी विश्वास गर्छौं ?”
संसद्को दोस्रो शक्ति समाजवादी र प्रजातन्त्रवादीले पनि इपिपीको आगामी प्राथमिकताहरूमा ‘प्रतिबद्धताको स्पष्ट सङ्केत“ खोजेका थिए ।
“इपिपीले सावधानीपूर्वक हेर्नुपर्छ कि उनीहरू कससँग, हामीसँग वा निन्दाको मत सुरु गर्नेहरूसँग पुल निर्माण गर्न चाहन्छन्”, समूहले भन्यो ।
अविश्वासको सफल मतले भोन डेर लेयनको २७ सदस्यीय युरोपेली आयोगको राजीनामा निम्त्याउनेछ जुन ऐतिहासिक पहिलो हुनेछ ।
सबैभन्दा नजिकको समानान्तर मितिहरू सन् १९९९ मार्चमा राख्छ जतिबेला लक्जमबर्गका ज्याक स्यान्टरको नेतृत्वमा रहेको टोलीले विश्वास मतको सामना गर्नुको सट्टा भ्रष्टाचार र कुव्यवस्थापनको दाबीलाई लिएर सामूहिक रूपमा राजीनामा दिएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा सीमा विवादजस्तो विषयको सन्दर्भमा नेपालका केही स्थापित अडान र कथनहरू छन्, प्रमाणहरू छन्: गगन थापा प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाइयोस् : ज्ञानेन्द्र शाही नेकपा एमालेले माग्यो प्रधानमन्त्री शाहको राजीनामा प्रधानमन्त्रीको भनाइलाई लिएर राष्ट्रिय सभामा विरोध प्रतिनिधिसभाको बैठक सुरू सदनमा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती: श्रम संस्कृति पार्टी रास्वपा सभापति लामिछाने भारत प्रस्थान प्रधानमन्त्रीज्यूले नेपालले भारतको भूमि कहाँ–कहाँ अतिक्रमण गरेको छ त्यसको तथ्य सार्वजनिक गरिदिनुहुन हार्दिक अपिल गर्दछु: आशिका तामाङ सिंहदरबारमा प्रतिपक्षी दलको बैठक बस्दै