2026-09-26 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

डानस आँधीका कारण ताइवानमा दुई जनाको मृत्यु, सयौँ घाइते

सोमबार ताइवानको पश्चिमी तटमा आँधी आउँदा दुई जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएको र करिब चार लाख घरपरिवार बिजुली विहीन भएको अधिकारीहरूले बताएका छन् ।

डानस नाम दिइएको आँधी दक्षिणपश्चिम ताइवानमा २२२ किलोमिटर प्रति घण्टा सम्मको विनाशकारी गतिमा अवतरण गरेको केन्द्रीय मौसम विज्ञान विज्ञागले जनाएको छ ।

चियाई काउन्टीमा आँधीले पहिलो पटक अवतरण गरेको मौसम पूर्वानुमानकर्ताले बताएका छन् ।

आँधी रातिको समयमा ताइवानको पश्चिमी तट नजिकै उत्तरतर्फ अघि बढी सोमबार ताइवानबाट बाहिरिको भएपनि भारी वर्षा जारी रहको जनाइएको छ ।

राष्ट्रिय दमकल निकाय (सेवा) का अनुसार आँधीका कारण कम्तीमा ४९१ जना घाइते भएका छन् ।

आँधीका कारण ताइवानमा बिजुली कटौती भएको छ र यसले करिब पाँच लाख घरपरिवारलाई असर गरेको छ ।

डानासले सप्ताहन्तमा दक्षिणी ताइवानमा ५०० मिलिमिटर भन्दा बढी वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ ।

आँधीका कारण करिब तीन हजार ५०० मानिसहरूलाई उनीहरूको घरबाट सुरक्षित स्थान तर्फ पठाएको अग्निनियन्त्रक अधिकारहरूले बताएका छन् ।

सोमबार ताइवानका लागि र त्यहाँबाट हुने तय भएका ३३ वटा अन्तर्राष्ट्रिय उडानहरू रद्द भएका जनाइएको छ ।

ताइवानमा जुलाईदेखि अक्टोबरसम्म बारम्बार उष्णकटिबन्धीय मौसमी प्रभावका कारण आँधीबेहरी आउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल