३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

केन्यामा सरकार विरोधी प्रदर्शनमा ११ जनाको मृत्यु, ५०० भन्दा बढी पक्राउ

२४ असार २०८२, मंगलवार १७:११
 केन्यामा सरकार विरोधी प्रदर्शनका क्रममा कम्तीमा ११ जनाको मृत्यु भएको र पाँच सयभन्दा बढीलाई हिरासतमा लिइएको सिएनएनले सोमबार (स्थानीय समय) देशको राष्ट्रिय प्रहरी सेवालाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
सिएनएनका अनुसार, सुरक्षा बलले प्रदर्शनकारीहरूलाई तितरबितर गर्न अश्रु ग्याँस र पानी तोप प्रयोग गरेका थिए । मुख्यतया युवा केन्यालीहरूले भ्रष्टाचारको आरोप, पुलिसको क्रूरता र सन् १९९० को सबा सबा प्रजातन्त्र समर्थक आन्दोलनको ३५औँ वार्षिकोत्सवमा सरकारका आलोचकहरूलाई लक्षित गरी जबरजस्ती बेपत्ता भएको रिपोर्टमा आफ्नो आक्रोश र निराशा व्यक्त गरेका छन् ।
किस्वाहिलीमा ‘सबा सबा’ शब्दको अर्थ ‘सात सात’ हो, जसले सन् १९९० जुलाई ७ मा विरोध प्रदर्शन भएको मितिलाई जनाउँछ ।
प्रदर्शनका क्रममा ११ जना सर्वसाधारण घाइते भएको प्रहरीले जनाएको छ । यद्यपि केन्या राष्ट्रिय मानव अधिकार आयोग (केएनसिएचआर) ले यो सङ्ख्या २९ राखेको छ भने कुल पाँच सय ६७ जनालाई पक्राउ गरिएको प्रहरीले पुष्टि गरेको छ ।
यसलाई बढ्दो सङ्कटको बीचमा कर बढाउने विवादास्पद वित्त विधेयक पेस भएपछि गत वर्ष देखि सुरु भएको अशान्तिको लहरको हिस्सा भएको जनाइएको छ ।
यद्यपि सरकारले सन् २०२४ जुनमा जनताको दबाबका कारण विधेयक खारेज गरे पनि विशेष गरी प्रहरी हिरासतमा एक शिक्षकको मृत्यु र प्रहरीको गोली लागि निहत्था सडक विक्रेताको मृत्यु भएपछि छसार्वजनिक आक्रोश बढ्दै गएको छ ।
गत महिना यस्तै विरोध प्रदर्शनमा कम्तीमा १६ जनाको मृत्यु भएको थियो र सयौँ घाइते भएका थिए । सन् २०२४ को सुरुदेखि कर विरोधी प्रदर्शनमा दर्जनौँको मृत्यु भएको छ ।
सन् १९९० जुलाई ७ सबा सबा विरोधको सम्झनामा सोमबार केन्याका धेरै क्षेत्रमा प्रदर्शनहरू भए र ठूलो भीड जम्मा भयो । सिएनएनका अनुसार नैरोबीमा सुरक्षा बलहरूको संसद् र राष्ट्रपतिको निवाससहित प्रमुख सरकारी भवनहरू नजिकै प्रदर्शनकारीहरूसँग झडप भयो ।
सोमबार राति जारी गरिएको एक विज्ञप्तिमा केन्याको राष्ट्रिय प्रहरी सेवाले हिंसा र दुव्र्यवहारका सबै रिपोर्ट गरिएका घटनाहरूको कानूनी प्रक्रियाअनुसार अनुसन्धान गरिने घोषणा गरेको छ ।
केन्याली मानव अधिकार आयोगका कार्यालयहरूमा कथित रूपमा राज्य समर्थित कार्यकर्ताहरूले आइतबार छापा मारेपछि सरकारी कारबाही भएको हो । सबा सबा वार्षिकोत्सव अघि प्रदर्शनकारीहरूको मनमानी गिरफ्तारी, बेपत्ता र हत्याको अन्त्यको माग गर्दै आमाहरूले आयोजना गरेको पत्रकार सम्मेलनमा आक्रमणकारीहरूले बाधा पु¥याएको सिएनएनले जनाएको छ ।
केन्याका गृहमन्त्री किपचुम्बा मुर्कोमेनले पहिले अपराधीहरूलाई शान्तिपूर्ण मार्चहरूमा घुसपैठ गर्न र अशान्ति निम्त्याउनबाट रोक्न सुरक्षा एजेन्सीहरू उच्च सतर्क रहेको बताउनुभएको थियो ।
उहाँले यसअघि गत महिनाको विरोध प्रदर्शनलाई ‘असहमतिको भेषमा आतङ्कवाद’ भन्नुभएपछि सार्वजनिक आक्रोशलाई थप बढावा दिएको सिएनएनले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन