2026-11-11 05:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानी पृथकतावादीद्वारा ९ जना बस यात्रुको हत्या

आतङ्कवादीहरूले पाकिस्तानको अशान्त दक्षिणपश्चिमी बलुचिस्तान प्रान्त हुँदै यात्रा गरिरहेका कम्तीमा नौ जना बस यात्रुलाई अपहरण गरी गोली हानेर हत्या गरेको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् ।
अफगानिस्तान र इरानको सिमानामा रहेको गरिब तर खनिज समृद्ध बलुचिस्तानमा बढ्दो जातीय र पृथकतावादी हिंसासँग सुरक्षा बलहरू लडिरहेका छन् ।
बिहीबार राति मुख्य राजमार्गमा आतङ्कवादीहरूले दुई बसमा चढेर यात्रुहरूको पहिचान कार्डहरू जाँच गरेपछि नौ जनालाई बन्दुकको नोकमा बसबाट जबरजस्ती ओरालेका थिए ।
“आतङ्ककारीहरूले दुईवटा यात्रु बसलाई राजमार्गमा रोक्न बाध्य पारे र नौ जना यात्रुलाई बाहिर निकाले । तिनीहरूले उनीहरूलाई नजिकैको क्षेत्रमा लगे र सबैलाई मारे”, स्थानीय सरकारी अधिकारी नावीद आलमले भन्नुभयो ।
आक्रमणकारीहरूले विशेष गरी देशको सबैभन्दा बढी जनसङ्ख्या भएको र समृद्ध प्रान्त तथा सेनाका लागि एउटा प्रमुख भर्ती आधार पञ्जाबका मानिसहरूलाई लक्षित गरेका थिए ।
“सुरक्षा बलहरूले फेला पारेका मृत शरीरहरू सबै पञ्जाबका विभिन्न क्षेत्रका छन्”, अर्का वरिष्ठ सरकारी अधिकारी सादत हुसैनले भन्नुभयो ।
राज्यसँग लडिरहेको पृथकतावादी समूह बलुचिस्तान लिबरेसन फ्रन्ट (बिएलए) ले पछि आक्रमणको जिम्मेवारी लिएको थियो ।
प्रान्त बाहिरबाट विदेशी चासो, सुरक्षा बल र पाकिस्तानीहरूलाई लक्षित गर्ने सबैभन्दा ठूलो खतराका रूपमा बिएलए देखा परेको छ ।
विद्रोह विरुद्धको सेनाको कडा आतङ्कवाद विरोधी प्रतिक्रियामा व्यापक रूपमा जबरजस्ती बेपत्ता र गैरन्यायिक हत्याहरू समावेश रहेको बलुच पृथकतावादी र अधिकार समूहहरूले बताएका छन् ।
बलुचिस्तान हाइड्रोकार्बन र खनिजमा धनी छ, तर यसको एक करोड ५० लाख बासिन्दामध्ये ७० प्रतिशत गरिबीको रेखामुनि बस्छन् ।
मार्चमा आतङ्कवादी समूहले चार सय ५० भन्दा बढी यात्रु बोकेको रेलमा घातक आक्रमण गरेको थियो ।
इस्लामावादस्थित विश्लेषण समूह सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष पाकिस्तानका लागि एक दशकमा सबैभन्दा घातक थियो । उक्त वर्ष एक हजार छ सयभन्दा बढी मानिस मारिएका थिए ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने