2026-11-09 11:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

निर्वासित अफगान आप्रवासीहरूमा सङ्क्रामक रोगहरूको बढ्दो फैलावटको चेतावनी

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कमजोर सरसफाइ अवस्था कारण छिमेकी राष्ट्रहरूबाट निर्वासित अफगान आप्रवासीहरूमा सङ्क्रामक रोगहरूको बढ्दो फैलावटको बारेमा चेतावनी जारी गरेको खामा प्रेसले जनाएको छ ।
डब्लुएचओले बढ्दो स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न चिकित्सा स्रोत र कर्मचारी क्षमता बढाउन आवश्यक रहेको कुरामा जोड दिएको छ ।
डब्लुएचओले छिमेकी राष्ट्रहरूबाट निर्वासित हुनेहरूमा श्वासप्रश्वासको सङ्क्रमण, छालाजन्य रोग र सन्दिग्ध कोभिड–१९ मामिलाहरूमा वृद्धि भएको रिपोर्ट गरेको छ ।
प्रमुख सीमा विन्दुहरू विशेषगरी हेरात प्रान्तको इस्लाम कालामा गरिएको स्थलगत परीक्षणले श्वासप्रश्वासको सङ्क्रमण र डिहाइड्रेसन बढेको देखाएको छ । विशेष गरी निर्वासित बच्चा र वृद्धहरूमा अफगान आप्रवासीहरूमा कोभिडका घटनाहरू धेरै रिपोर्ट गरिएको छ ।
रोगहरूको फैलावटको प्रतिक्रियामा डब्लुएचओले इस्लाम काला र स्पिन बोल्डक सीमा विन्दुमा स्थानीय स्वास्थ्य अधिकारीहरूको सहयोगमा आपत्कालीन स्वास्थ्य स्क्रिनिङ र सामूहिक खोप अभियानहरू सुरु गरेको छ । यी पहलहरू थप प्रकोपहरू रोक्न र कमजोर मानिसहरूलाई महत्त्वपूर्ण हेरचाह प्रदान गर्न सुरु गरिएको छ ।
डब्लुएचओका अनुसार इस्लाम काला सीमा विन्दुमा आठ हजार सात सयभन्दा बढी बालबालिकाले मौखिक पोलियो खोप र आठ हजार तीन सयभन्दा बढी व्यक्तिले इन्जेक्टेबल पोलियो खोपहरू प्राप्त गरेका छन् । उच्च जोखिममा रहेका सीमावर्ती क्षेत्रहरूमा हजारौँ निर्वासित बालबालिकालाई दादुरा विरुद्धको खोप लगाइएको खामा प्रेसले जनाएको छ ।
स्पिन बोल्डक, तोरखाम र इस्लाम काला लगायत प्रमुख सीमा विन्दुहरूमा करिब २९ हजार मानिसलाई स्क्रिनिङ वा खोप लगाइएको छ । डब्लुएचओका मोबाइल स्वास्थ्य टोलीहरूलाई स्वागत केन्द्र र शून्य–विन्दु सीमाहरूमा तैनाथ गरिएको छ र उनीहरूले फर्केका सयौँको दैनिक स्वास्थ्य जाँचहरू गरिरहेका छन् ।
डब्लुएचओले सङ्क्रामक रोगको लक्षण देखाउने आठ सय ४० भन्दा बढी व्यक्ति पहिचान गरेको छ । तीमध्ये सबैले तत्काल चिकित्सा सेवा प्राप्त गरेका छन् । यसले बढ्दो स्वास्थ्य जोखिमलाई सम्बोधन गर्न चिकित्सा स्रोत र कर्मचारी क्षमता बढाउन आवश्यक रहेको कुरामा जोड दिएको खामा प्रेसले जनाएको छ ।
छिमेकी राष्ट्रहरूद्वारा निर्वासित अफगान आप्रवासीहरूको सङ्ख्या बढ्दै जाँदा डब्लुएचओले ठूलो मात्रामा रोगको प्रकोप रोक्न र सङ्कटमा फर्केका मानिसहरूलाई पर्याप्त हेरचाह प्रदान गर्न आवश्यक कोष र समन्वित प्रयासहरू विस्तार गर्न आह्वान गरेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने