2026-09-26 02:29 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सुरक्षा चेतावनी आएको इरानकी नोबेल पुरस्कार विजेता मोहम्मदीको दाबी

सन् २०२३ को नोबेल शान्ति पुरस्कार जितेकी इरानी अधिकारकर्मी नर्गेस मोहम्मदीलाई तेहरानले ज्यान मार्ने धम्की दिएको नोबेल समितिले शुक्रबार जनाएको छ ।

बितेको एक दशकको अधिकांश समय जेलमा बिताएकी मोहम्मदीलाई गत डिसेम्बरमा तेहरानको इभिन जेलबाट मेडिकल बिदामा सीमित समयका लागि रिहा गरिएको थियो।

नर्वेको नोबेल कमिटीका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडनेसले एक विज्ञप्ति जारी गर्दै ५३ वर्षीया मोहम्मदीको ‘जरूरी फोन’ आएको बताएका छन् ।

उहाँले भन्नुभयो, “मोहम्मदीको आफ्नै शब्दमा भन्ने स्पष्ट सन्देश के हो भने मलाई प्रशासनका एजेन्टहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ‘ज्यान लिर्ने’ धम्की दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, “मोहम्मदीलाई दिइएको धम्कीले स्पष्ट पार्छ कि जबसम्म उहाँले इरानभित्र सबै सार्वजनिक संलग्नता र लोकतन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको समर्थनमा कुनै पनि अन्तर्राष्ट्रिय वकालत वा मिडिया उपस्थितिलाई अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुन्न उहाँको सुरक्षा खतरामा छ ।”

समितिले मोहम्मदी र ‘आलोचनात्मक आवाजसहित सबै इरानी नागरिकमाथिको खतराप्रति गहिरो चिन्ता व्यक्त गरेको छ र अधिकारीहरूलाई उनीहरूको जीवनमात्र होइन, उनीहरूको अभिव्यक्ति स्वतन्त्रताको पनि रक्षा गर्न आह्वान गरेको छ।

इरानमा मृत्युदण्डको व्यापक प्रयोग गरिएको र महिलाका लागि देशको अनिवार्य ड्रेस कोडविरुद्ध मुखर अभियान चलाएको भन्दै मोहम्मदीमाथि पटक–पटक मुद्दा चलाइएको छ ।

उहाँलाई मुख्यतया इरानमा महिला उत्पीडनविरुद्धको सङ्घर्षमा महत्वपूर्ण योगदानका लागि दुई बर्ष पहिले नोबेल पुरस्कारबाट सम्मानित गरिएको थियो । त्यतिबेला उहाँ जेलमा रहेकाले उहाँका छोराछोरीले उहाँको तर्फबाट पुरस्कार बुझेका थिए ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल