2026-09-26 01:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

विद्यालयको शौचालयको भित्तामा र भुइँमा रगतका दाग भेटिएपछि,१ सय २५ छात्रालाई कपडा खोल्न लगाइयो

काठमाडौँ । भारतको महाराष्ट्रस्थित ठाणेको एक निजी विद्यालयमा छात्राहरूमाथि अमानवीय व्यवहार गरिएको घटनाले सार्वजनिक आक्रोश निम्त्याएको छ । घटनापछि विद्यालयकी प्रधानाध्यापक र एक महिला कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।

घटना ८ जुलाईका दिन भएको हो । विद्यालयमा करिब ६ सय छात्रा अध्ययनरत छन् । प्रहरीका अनुसार सो दिन बिहान १० बजेदेखि १२ बजेसम्मको अवधिमा कक्षा नर्सरीदेखि १० सम्मका झण्डै १ सय २५ छात्रालाई विद्यालयको हलमा बोलाएर महिनावारी भएको छ वा छैन भन्ने आधारमा कपडा खोल्न लगाइएको आरोप छ ।

विद्यालयको शौचालयको भित्तामा र भुइँमा रगतका दाग भेटिएपछि कसले गरेको हो भनेर पत्ता लगाउन छात्राहरूलाई अपमानित गरिएको हो । प्रहरीका अनुसार छात्राहरूलाई बाथरूममा लगेर कपडा खोल्न लगाइएको अभिभावकहरूले गुनासो गरेका छन् ।

पीडित छात्रामध्ये एककी आमाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । अभिभावकहरूको दबाबपछि प्रहरीले बाल यौन दुराचारसम्बन्धी मुद्दा दर्ता गरी प्रधानाध्यापक र एक महिला कर्मचारीलाई पक्राउ गरेको हो । उनीहरूविरुद्ध महिलाको मर्यादा हानि र कुटपिटसम्बन्धी धारामा पनि मुद्दा चलाइएको छ ।

घटना सार्वजनिक भएपछि बुधबार विद्यालयमा करिब ३०–४० जना अभिभावक भेला भई प्रदर्शन गरेका थिए । एक पीडित बालिकाकी आमाले भनिन्, ‘मेरी छोरीलाई महिनावारी भएको थिएन । उनलाई डाँटिएको थियो र सोधिएको थियो कि उनले सेनिटरी प्याड किन लगाइनन् ?’

कसैले गल्ती गरेको भए पनि सम्पूर्ण छात्राको गोप्य अंग परीक्षण गर्नु पूर्ण रूपमा अनुचित, गैरकानुनी र अमानवीय भएको अभिभावकहरूको भनाइ छ । घटनापछि अहिले विद्यालय बन्द गरिएको छ । विद्यालय प्रशासनले यसबारे कुनै विस्तृत जानकारी दिन नमानेको समाचारमा जनाइएको छ । विद्यालयकी प्रधानाध्यापकले एक भिडियोमा आफूले यस्तो कुनै आदेश नदिएको दाबी गरेकी छन् । प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो