2026-09-05 03:06 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

बेइजिङमा लाभरोभ र सीबीच भेट : रूसी विदेश मन्त्रालय

रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार बेइजिङमा चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्नुभएको मस्कोले जनाएको छ । यो भेटवार्ता साङ्घाई सहयोग सङ्गठनको बैठकमा भाग लिन आएका शीर्ष रूसी कूटनीतिज्ञको भ्रमणका क्रममा भएको हो ।
“सीले चिनियाँ राजधानीमा लाभरोभलाई साङ्घाई सहयोग सङ्गठन (एससिओ) को विदेशमन्त्रीहरूको परिषद्को बैठकमा उहाँको सहभागिताको एक भागका रूपमा स्वागत गर्नुभयो”, रुसको विदेश मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ ।
एससिओ शिखर सम्मेलन र दोस्रो विश्वयुद्धको वार्षिकोत्सव समारोहमा सहभागी हुन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको चीन भ्रमणको तयारीसहित उच्चतम र उच्च स्तरमा द्विपक्षीय राजनीतिक सम्पर्कका धेरै मुद्दामा छलफल गरिएको पनि मन्त्रालयले बताएको छ ।
चिनियाँ राष्ट्रपतिले एससिओका विदेशमन्त्रीहरूसँग ‘सामान्य बैठक’ गरेपछि लाभरोभलाई भेट गर्नुभएको रुसको तास समाचार एजेन्सीले जनाएको छ । लाभरोभले आइतबार आफ्ना चिनियाँ समकक्षी वाङ यीसँग युक्रेन र संयुक्त राज्य अमेरिकासँगको सम्बन्धका बारेमा छलफल गर्नुभएको थियो । रूसी विदेशमन्त्री उत्तर कोरियाको भ्रमणपछि चीन आउनुभएको हो । उत्तर कोरियामा रहँदा उहाँले युक्रेनसँगको द्वन्द्वमा समर्थनको आश्वासन प्राप्त गर्नुभएको थियो ।
मस्कोको कूटनीतिक र आर्थिक सहयोगी बेइजिङले रूस र युक्रेनबीचको द्वन्द्वमा तटस्थ भएको दाबी गरेको छ ।
तर चीनले रुसको तीन वर्षभन्दा लामो सैन्य अभियानको कहिल्यै निन्दा गरेको छैन न आफ्नो सेना फिर्ता लिन आह्वान गरेको छ । युक्रेनका धेरै सहयोगीले बेइजिङमाथि मस्कोलाई समर्थन गरेको विश्वास गर्छन् । चीनले नियमित रूपमा लडाइँ अन्त्य गर्न आह्वान गरेको छ भने युक्रेनलाई हतियार प्रदान गरेर पश्चिमी देशहरूले द्वन्द्वलाई लम्ब्याएको आरोप लगाएको छ ।
बेइजिङले लामो समयदेखि १० सदस्यीय साङ्घाई सहयोग सङ्गठनलाई नाटो जस्ता पश्चिमी नेतृत्वका शक्ति समूहहरूको प्रतिकारको रूपमा प्रस्तुत गर्न खोजेको छ भने राजनीति, सुरक्षा, व्यापार र विज्ञानमा यसका सदस्य देशहरूबीच सहयोग बलियो बनाउन जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्णभीरमा दुवैतर्फको ट्र्याक जोडियो माथिल्लो त्रिशूली–१ को टनेलबाट ११ दिनपछि चिनियाँ नागरिकको उद्धार भोटेकोशी बाढीको ११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग खन्ने क्रममा पहिरो, दुई कामदार गम्भीर घाइते प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ५ करोड मौज्दात भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार