2026-11-10 05:42 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आइसल्यान्डको ज्वालामुखी २०२३ देखि नवौँ पटक विस्फोट

आइसल्यान्डको दक्षिणपश्चिमी रेक्जानेस प्रायद्वीपमा बुधबार ज्वालामुखी विस्फोट भएको मौसम अधिकारीहरूले बताएका छन् । यो सन् २०२३ को अन्त्यदेखि यस क्षेत्रमा भएको नवौँ विस्फोट हो ।
प्रत्यक्ष भिडियो फिडले जमिनको दरारबाट लाभा निस्किरहेको देखाएको छ । आइसल्यान्डिक मेट अफिसले यो बिहान ४ः०० बजे (०४ः०० जिएमटी) भन्दा अलि अघि सुरु भएको बताएको छ ।
प्रसारक आरयुभीले नजिकैको माछा मार्ने गाउँ ग्रिन्डाभिकलाई खाली गराइएको र आइसल्यान्डको प्रसिद्ध पर्यटक स्थल ब्लु लगुनलाई पनि खाली गराइएको बताएको छ ।
यस क्षेत्रमा अघिल्लो विस्फोट अप्रिलमा भएको थियो ।
सन् २०२३ को अन्त्यमा यस क्षेत्रमा पहिलो ज्वालामुखी विस्फोट भएको बेला ग्रिन्डाभिकका चार हजार बासिन्दामध्ये अधिकांशलाई खाली गराइएको थियो ।
त्यसपछि लगभग सबै घर राज्यलाई बेचिएको छ, र अधिकांश बासिन्दा त्यहाँ छोडेर गएका छन् ।
रेक्जानेस प्रायद्वीपमा ज्वालामुखीहरू आठ शताब्दीसम्म विस्फोट भएको थिएन । सन् २०२१ मार्चमा बढ्दो भूकम्पीय गतिविधिको अवधि सुरु भयो ।
ज्वालामुखीविद्हरूले हालका वर्षहरूमा यस क्षेत्रमा ज्वालामुखी गतिविधि नयाँ युगमा प्रवेश गरेको चेतावनी दिएका छन् ।
आरयुभीले पछिल्लो विस्फोटले अन्तर्राष्ट्रिय उडानहरूलाई असर गर्ने अपेक्षा नभएको बताएको छ ।
सन् २०१० मा आइसल्यान्डको अर्को भागमा भएको ज्वालामुखी विस्फोटले विश्वव्यापी यात्रा अराजकता निम्त्याएको थियो । ज्वालामुखी विस्फोटले वातावरणमा फैलिएको खरानीले युरोपमा हवाई क्षेत्र बन्द गराएको थियो ।
आइसल्यान्डमा ३३ वटा सक्रिय ज्वालामुखी प्रणाली छन् । यो अन्य कुनै पनि युरोपेली देशभन्दा बढी हो ।
यो मध्य–अटलान्टिक रिजमा अवस्थित छ । मध्य–अटलान्टिक रिज समुद्री सतहको दरार हो जसले युरेसियन र उत्तर अमेरिकी टेक्टोनिक प्लेटहरूलाई छुट्याउँछ र भूकम्प र विस्फोटको कारण बनाउँछ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने