2026-10-21 02:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

काठमाडौँ | यस वर्षको पहिलो छ महिनामा रेकर्ड दुई करोड १५ लाख पर्यटकले जापान भ्रमण गरेको बुधबार सरकारी तथ्याङ्कले देखाएको छ । यो वार्षिक आधारमा २१ प्रतिशतले वृद्धि हो । यद्यपि भूकम्पको अफवाहका कारण हङकङका पर्यटकहरूमा एक तिहाइले कमी आएको छ ।
“यो सङ्ख्या छ महिनामा दुई करोड करोड नाघेको छ, जुन अहिलेसम्मकै सबैभन्दा तीव्र गति हो”, जापान राष्ट्रिय पर्यटन सङ्गठन (जेएनटिओ) ले एक विज्ञप्तिमा भनेको छ ।
‘स्कूलको बिदासँग मिलाएर बढेको मागका’ कारण जुनमा मात्र यो सङ्ख्या सात दशमलव छ प्रतिशतले बढेर रेकर्ड ३४ लाख पुगेको सङ्गठनले बताएको छ ।
चीन, दक्षिण कोरिया, सिङ्गापुर, भारत, संयुक्त राज्य अमेरिका र जर्मनीबाट आउने पर्यटकहरूमा वर्षअनुसार वृद्धि भएका कारण यो सङ्ख्या बढेको हो ।
तर हङकङका यात्रुहरूको सङ्ख्या ३३ दशमलव चार प्रतिशतले घटेको छ । जेएनटिओले जापानमा ठूलो भूकम्पको चेतावनी दिने अनलाइन अफवाहलाई उद्धृत गरेको छ ।
सन् २०२४ मा हङकङका करिब २७ लाख मानिस जापान पुगेका थिए ।
भूकम्प कहिले आउनेछ भनेर ठ्याक्कै थाहा पाउन असम्भव भए पनि चिनियाँ सहरका बासिन्दाहरूमा डर पैदा गर्ने भविष्यवाणीहरू व्यापक रूपमा फैलिएको छ ।
केही पोस्टहरूले जापानी मङ्गा कमिकलाई उद्धृत गरेका छन् । लेखकको सपनामा आधारित उक्त कमिकले सन् २०२५ जुलाईमा ठूलो प्राकृतिक प्रकोपको भविष्यवाणी गर्दछ ।
जापानी अधिकारीहरूले बारम्बार अफवाहहरू झुटो भएको बताएका छन् ।
सरकारले सन् २०३० सम्ममा पर्यटक सङ्ख्या दोब्बर गरेर वार्षिक छ करोड पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ ।
अधिकारीहरूले उनीहरू पर्यटकहरूलाई देशभर समान रूपमा फैलाउन चाहेको र वसन्तको चेरी फूल वा शरदको चम्किलो रङहरूको तस्बिर खिच्न उत्सुक पर्यटकहरूको अवरोधबाट बच्न चाहेको बताएका छन् ।
तर इटालीको भेनिस जस्ता अन्य विश्वव्यापी पर्यटक आकर्षणमा जस्तै पुरानो राजधानी क्योटो जस्ता गन्तव्यहरूमा बासिन्दाहरूबाट बढ्दो प्रतिरोध आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ