2026-09-26 01:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्यटन

जापानमा पहिलो छ महिनामा दुई करोड १५ लाख पर्यटक

काठमाडौँ | यस वर्षको पहिलो छ महिनामा रेकर्ड दुई करोड १५ लाख पर्यटकले जापान भ्रमण गरेको बुधबार सरकारी तथ्याङ्कले देखाएको छ । यो वार्षिक आधारमा २१ प्रतिशतले वृद्धि हो । यद्यपि भूकम्पको अफवाहका कारण हङकङका पर्यटकहरूमा एक तिहाइले कमी आएको छ ।
“यो सङ्ख्या छ महिनामा दुई करोड करोड नाघेको छ, जुन अहिलेसम्मकै सबैभन्दा तीव्र गति हो”, जापान राष्ट्रिय पर्यटन सङ्गठन (जेएनटिओ) ले एक विज्ञप्तिमा भनेको छ ।
‘स्कूलको बिदासँग मिलाएर बढेको मागका’ कारण जुनमा मात्र यो सङ्ख्या सात दशमलव छ प्रतिशतले बढेर रेकर्ड ३४ लाख पुगेको सङ्गठनले बताएको छ ।
चीन, दक्षिण कोरिया, सिङ्गापुर, भारत, संयुक्त राज्य अमेरिका र जर्मनीबाट आउने पर्यटकहरूमा वर्षअनुसार वृद्धि भएका कारण यो सङ्ख्या बढेको हो ।
तर हङकङका यात्रुहरूको सङ्ख्या ३३ दशमलव चार प्रतिशतले घटेको छ । जेएनटिओले जापानमा ठूलो भूकम्पको चेतावनी दिने अनलाइन अफवाहलाई उद्धृत गरेको छ ।
सन् २०२४ मा हङकङका करिब २७ लाख मानिस जापान पुगेका थिए ।
भूकम्प कहिले आउनेछ भनेर ठ्याक्कै थाहा पाउन असम्भव भए पनि चिनियाँ सहरका बासिन्दाहरूमा डर पैदा गर्ने भविष्यवाणीहरू व्यापक रूपमा फैलिएको छ ।
केही पोस्टहरूले जापानी मङ्गा कमिकलाई उद्धृत गरेका छन् । लेखकको सपनामा आधारित उक्त कमिकले सन् २०२५ जुलाईमा ठूलो प्राकृतिक प्रकोपको भविष्यवाणी गर्दछ ।
जापानी अधिकारीहरूले बारम्बार अफवाहहरू झुटो भएको बताएका छन् ।
सरकारले सन् २०३० सम्ममा पर्यटक सङ्ख्या दोब्बर गरेर वार्षिक छ करोड पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य राखेको छ ।
अधिकारीहरूले उनीहरू पर्यटकहरूलाई देशभर समान रूपमा फैलाउन चाहेको र वसन्तको चेरी फूल वा शरदको चम्किलो रङहरूको तस्बिर खिच्न उत्सुक पर्यटकहरूको अवरोधबाट बच्न चाहेको बताएका छन् ।
तर इटालीको भेनिस जस्ता अन्य विश्वव्यापी पर्यटक आकर्षणमा जस्तै पुरानो राजधानी क्योटो जस्ता गन्तव्यहरूमा बासिन्दाहरूबाट बढ्दो प्रतिरोध आएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो