२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनेत्री रावलाई सुन तस्करी मुद्दामा एक वर्षको जेल सजाय,जमानतबाट वञ्चित

२ श्रावण २०८२, बिहीबार १७:०६

काठमाडौँ | कन्नड अभिनेत्री रान्या रावलाई सुन तस्करी मुद्दामा एक वर्षको जेल सजाय सुनाइएको छ । यो आदेश विदेशी मुद्रा संरक्षण तथा तस्करी रोकथाम ऐन सल्लाहकार बोर्डले पारित गरेको हो । यो मुद्दामा रान्यासँगै अन्य दुई जना अभियुक्त पनि मुछिएका थिए ।

आदेश अनुसार, तीनै जनालाई एक वर्षको जेल अवधिमा जमानतको लागि आवेदन दिने अधिकारबाट वञ्चित गरिएको छ । अर्थात् उनीहरूमध्ये कसैले पनि सम्पूर्ण सजाय अवधिभर जमानतको लागि आवेदन दिन सक्ने छैनन् ।

रान्या फिल्म ‘माणिक्य’मा कन्नड सुपरस्टार सुदीपको अपोजिट भूमिकाका लागि परिचित छिन् । उनले अन्य दक्षिण भारतीय फिल्महरूमा पनि काम गरेकी छिन् । रान्यालाई यही वर्षको मार्च ३ मा बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ दशमलव ८ किलो सुनसहित राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले पक्राउ गरेको थियो । बारम्बार अन्तर्राष्ट्रिय यात्रा गरेको कारण डीआरआईले निगरानीमा राखेको थियो ।

मार्च ३ को राति एमिरेट्सको उडानमा दुबईबाट बेंगलुरु आइपुगेकै समयमा उनलाई पक्राउ गरिएको थियो । रान्याले शरीरमा धेरैजसो सुन लगाएको र उनले आफ्नो लुगामा सुनका बारहरू लुकाएको डीआरआईका अधिकारीहरूले बताएका थिए । रान्याका सौतेनी बुबा रामचन्द्र राव एक वरिष्ठ आईपीएस अधिकारी हुन् ।

ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए) अन्तर्गत रान्याविरुद्ध ईसीआईआर दर्ता गरेको थियो । जुलाई ४ मा, ईडीले उनी विरुद्ध कारबाही गर्दै बेंगलुरुको भिक्टोरिया लेआउटमा रहेको घर, बेंगलुरुको अर्कावती लेआउटमा रहेको एउटा जग्गा, तुमकुरमा रहेको औद्योगिक जग्गा र अनेकल तालुकमा रहेको कृषि जग्गा जफत गरेको थियो । यी सबै सम्पत्तिहरूको कुल मूल्य लगभग ३४ करोड १२ लाख भारु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला