२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

अभिनेत्री रावलाई सुन तस्करी मुद्दामा एक वर्षको जेल सजाय,जमानतबाट वञ्चित

२०८२, २ श्रावण बिहीबार १७:०६

काठमाडौँ | कन्नड अभिनेत्री रान्या रावलाई सुन तस्करी मुद्दामा एक वर्षको जेल सजाय सुनाइएको छ । यो आदेश विदेशी मुद्रा संरक्षण तथा तस्करी रोकथाम ऐन सल्लाहकार बोर्डले पारित गरेको हो । यो मुद्दामा रान्यासँगै अन्य दुई जना अभियुक्त पनि मुछिएका थिए ।

आदेश अनुसार, तीनै जनालाई एक वर्षको जेल अवधिमा जमानतको लागि आवेदन दिने अधिकारबाट वञ्चित गरिएको छ । अर्थात् उनीहरूमध्ये कसैले पनि सम्पूर्ण सजाय अवधिभर जमानतको लागि आवेदन दिन सक्ने छैनन् ।

रान्या फिल्म ‘माणिक्य’मा कन्नड सुपरस्टार सुदीपको अपोजिट भूमिकाका लागि परिचित छिन् । उनले अन्य दक्षिण भारतीय फिल्महरूमा पनि काम गरेकी छिन् । रान्यालाई यही वर्षको मार्च ३ मा बेंगलुरुको केम्पेगौडा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ दशमलव ८ किलो सुनसहित राजस्व गुप्तचर निर्देशनालय (डीआरआई)ले पक्राउ गरेको थियो । बारम्बार अन्तर्राष्ट्रिय यात्रा गरेको कारण डीआरआईले निगरानीमा राखेको थियो ।

मार्च ३ को राति एमिरेट्सको उडानमा दुबईबाट बेंगलुरु आइपुगेकै समयमा उनलाई पक्राउ गरिएको थियो । रान्याले शरीरमा धेरैजसो सुन लगाएको र उनले आफ्नो लुगामा सुनका बारहरू लुकाएको डीआरआईका अधिकारीहरूले बताएका थिए । रान्याका सौतेनी बुबा रामचन्द्र राव एक वरिष्ठ आईपीएस अधिकारी हुन् ।

ईडीले सम्पत्ति शुद्धीकरण रोकथाम ऐन (पीएमएलए) अन्तर्गत रान्याविरुद्ध ईसीआईआर दर्ता गरेको थियो । जुलाई ४ मा, ईडीले उनी विरुद्ध कारबाही गर्दै बेंगलुरुको भिक्टोरिया लेआउटमा रहेको घर, बेंगलुरुको अर्कावती लेआउटमा रहेको एउटा जग्गा, तुमकुरमा रहेको औद्योगिक जग्गा र अनेकल तालुकमा रहेको कृषि जग्गा जफत गरेको थियो । यी सबै सम्पत्तिहरूको कुल मूल्य लगभग ३४ करोड १२ लाख भारु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश