2026-11-10 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

“युरोपेली सङ्घप्रति बोस्नियाली जनताको विश्वास कायमै”

काठमाडौँ । बोस्निया तथा हर्जेगोभिनामा हालै गरिएको एक सर्वेक्षणअनुसार, यदि अहिले जनमत सङ्ग्रह गरियो भने करिब ६९.९ प्रतिशत नागरिकले युरोपेली सङ्घमा सामेल हुने पक्षमा मतदान गर्ने बताएका छन् । यद्यपि अघिल्लो वर्षको तुलनामा यो समर्थन दर १.३ प्रतिशत अंकले घटेको देखिएको छ । सन् २०२५ को जुन महिनामा युरोपेली एकीकरण निर्देशनालयद्वारा गरिएको उक्त सर्वेक्षणमा देशभरिबाट एक हजार २०० जना सहभागी भएका थिए । सबैभन्दा बढी समर्थन बोस्निया तथा हर्जेगोभिना महासङ्घमा ८२.९ प्रतिशत, त्यसपछि र्ब्च्को जिल्लामा ७१.३ प्रतिशत र सबैभन्दा कम रेपुब्लिका सर्प्स्कामा ४६.१ प्रतिशत रहेको छ ।

समर्थकहरूले मुख्य लाभका रूपमा यात्रा स्वतन्त्रता, शान्ति र कानूनी शासन व्यवस्था रहेको उल्लेख गरेका छन् । तर ३६.६ प्रतिशत विरोधीले महँगी र कर वृद्धिको चिन्ता व्यक्त गरेका छन् । केहीले सांस्कृतिक पहिचान गुम्ने डर, जनसङ्ख्या पलायन बढ्ने र सरकारी कामकाज थप झन्झटिलो हुने जस्ता आशङ्का पनि देखाएका छन् । सर्वेक्षणमा युरोपेली संघको उद्देश्यप्रति शंका पनि देखिएको छ, जसअनुसार ३८.१ प्रतिशत नागरिकले युरोपेली संघ बोस्निया तथा हर्जेगोभिनाको प्राकृतिक स्रोतमा मात्र चासो राख्छन् भन्ने धारणा व्यक्त गरेका छन् भने ३०.९ प्रतिशतले राजनीतिक हस्तक्षेपका कारण एकीकरण प्रक्रिया अवरुद्ध भइरहेको बताए ।

भविष्यप्रति जनमत बुझाउँदा ३४ प्रतिशत नागरिकले देश आगामी १० वर्षभित्र युरोपेली संघमा सामेल हुन सक्ने विश्वास गरेका छन् भने ५८.४ प्रतिशतले युरोपेली संघलाई बोस्निया तथा हर्जेगोभिनाको सबैभन्दा ठूलो आर्थिक सहयोगीका रूपमा चिनेका छन् । उल्लेखनीय कुरा के छ भने बोस्निया तथा हर्जेगोभिना दुई स्वायत्त क्षेत्रहरूमा बाँडिएको देश हो—बोस्निया तथा हर्जेगोभिना महासंघ (जहाँ बोस्नियाली र क्रोएशियाली समुदायको बहुलता छ) र रेपुब्लिका सर्प्स्का (जहाँ सर्ब समुदायको बाहुल्य छ)। यी दुई क्षेत्र कमजोर केन्द्रीय सरकार अन्तर्गत सञ्चालन भइरहेका छन्, भने र्ब्च्को जिल्ला दुबै क्षेत्रको साझा स्वामित्वमा रहेको एक स्वशासित प्रशासनिक इकाइ हो ।

–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने