2026-11-10 11:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, एकको मृत्यु

काठमाडौँ । युक्रेनको ओडेसा शहरमा शुक्रबार राति भएको रूसी ड्रोन आक्रमणमा एक जनाको ज्यान गएको र अन्य केही घाइते भएको युक्रेनी अधिकारीहरूले जनाएका छन्। ओडेसाका मेयर गेन्नाडी ट्रुखानोभका अनुसार, २० भन्दा बढी ड्रोन विभिन्न दिशाबाट शहरमा प्रवेश गरेका थिए, जसका कारण केही नागरिक संरचनामा क्षति पुगेको र एउटा आवासीय भवनमा आगलागीसमेत भएको बताइएको छ ।

स्थानीय आपतकालीन सेवाले उद्धारकार्यको क्रममा पाँच जनालाई जलेको भवनबाट सुरक्षित निकालिएको भए पनि तीमध्ये एक महिलाको निधन भएको पुष्टि गरिएको छ । ऐतिहासिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण ओडेसा शहर हाल युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत रहेको र पछिल्ला समयमा बारम्बार आक्रमणको शिकार हुँदै आएको उल्लेखनीय छ ।

उता, रूसी रक्षा मन्त्रालयले आफ्नो वयानमा शुक्रबार साँझको पाँच घण्टाको अवधिमा ८७ युक्रेनी ड्रोन ध्वस्त पारिएको जानकारी दिएको छ, जसमा ब्रियान्स्क र मस्को क्षेत्रहरू पनि समावेश छन् । पछिल्ला केही हप्तामा युक्रेनभर रूसी आक्रमणहरू पुनः तीव्र हुँदै गएका छन्, जसका कारण सर्वसाधारण जनतामा चिन्ता बढिरहेको देखिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि शान्ति वार्तातर्फ अगाडि नबढिएमा रूसमाथि थप कडा प्रतिबन्ध लगाउने चेतावनी दिनुभएको छ । यसैबीच, युरोपेली संघ र बेलायतले पनि संयुक्त रूपमा रूसी तेल निर्यातमा मूल्य सीमा घटाउने निर्णय लिँदै युद्ध अन्त्यका लागि आर्थिक दबाब सिर्जना गर्ने प्रयास गरेका छन् ।
—

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने