2026-09-05 01:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको युद्ध संकेत: “हमास सखाप पार्न इजरायललाई पूर्ण समर्थन”

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई गाजामा हमास विरुद्धको “काम सक्न” सैन्य कारबाहीलाई तीव्र पार्न निर्देशन दिएका छन् । हालैसम्म युद्धविराम वार्ता सफल हुनेमा आशावादी देखिएका ट्रम्पले हमासलाई “असहयोगी” भन्दै अमेरिकी वार्ताकारलाई वार्ताबाट फिर्ता बोलाएपछि उनले यस्तो भनेका हुन् ।

 

सीएनएनकाअनुसार स्कटल्यान्ड जानुअघि पत्रकारसँग ट्रम्पले भने, “उनीहरू (हमास) मर्न चाहन्छन् जस्तो देखिन्छ र यो निकै नराम्रो हो । अब यो अन्त्य गर्ने बेला आएको छ ।”

ट्रम्पको यो अभिव्यक्तिले मानवता संकट गहिरिँदै गइरहेको गाजामा इजरायली सैन्य कदमलाई अझ आक्रामक बनाउने संकेत दिएको हो । उनले थपे, “इजराइलले छुटकारा पाउनका लागि उनीहरु(हमास)को सखाप पार्नुपर्नेछ ।”

अमेरिकाले युद्धविराम वार्ता रोक्ने निर्णय गरेसँगै दोहामा भइरहेको वार्तामा हलचल उत्पन्न भएको छ । ट्रम्पका मध्यपूर्व विशेष दूत स्टिभ विटकोफले “वैकल्पिक उपायहरू” खोज्ने बताएका छन् भने अमेरिकी अधिकारीहरूले यो रणनीतिक दबाबको रूपमा व्याख्या गरेका छन् ।

यद्यपि, इजिप्ट र कतारले वार्ता प्रक्रिया जारी रहने बताएका छन् । इजरायली एक उच्च अधिकारीले पनि वार्ता “पूर्ण रूपमा विफल नभएको” भन्दै वार्ता पुनः सुरु हुने सम्भावना खुला रहेको जनाएका छन् ।

यसबीच, गाजामा भोकमरीबाट ग्रस्त बालबालिकाका तस्वीरहरू देखाउँदै ट्युनिसियाली राष्ट्रपति कायस सईदले ट्रम्प प्रशासनलाई चेतावनी दिएका छन्, “यो सम्पूर्ण मानवतामाथिको अपराध हो ।” तर, ट्रम्पले सहायता वितरणमा बाधा हमासले सृजना गरिरहेको आरोप लगाएका छन् ।

फ्रान्सले आगामी सेप्टेम्बरमा राष्ट्रसंघ महासभामा प्यालेस्टिनी राज्यलाई मान्यता दिने घोषणा गरेपछि अन्तर्राष्ट्रिय राजनीति थप तातिएको छ । तर, ट्रम्पले फ्रेन्च राष्ट्रपति म्याक्रोनको निर्णयलाई “भार नभएको बयान” भन्दै खारेज गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीको क्षति अकल्पनीय, दीर्घकालीन पुनर्निर्माणमा जोड दिनुपर्छ : ओली विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक