2026-11-09 11:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसद्वारा एकसाथ २० वटा उपग्रहहरू अन्तरिक्षमा प्रक्षेपण

काठमाडौँ | रुसले शुक्रवार २० वटा उपग्रहहरू सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । जसमा एउटा इरानी दूरसञ्चार उपग्रह पनि समावेश छ ।

रुसी राज्य अन्तरिक्ष निगम रोस्कोसमोसले सोयुज–२.१ बी वाहक रकेटले रुसको सुदूर पूर्वमा रहेको भोस्टोच्नी कोस्मोड्रोमबाट ८ः५४ मा उडान भरेको जनाएको छ । मिसनको प्राथमिक पेलोड आयोनोस्फेरा–एम उपग्रह नम्बर ३ र नम्बर ४ थियो, जुन प्राकृतिक र मानव–प्रेरित दुवै कारकहरूबाट हुने पृथ्वीको आयनोस्फियरमा भौतिक प्रक्रियाहरू अध्ययन गर्न डिजाइन गरिएको थियो ।

यसमा आयनोस्फियरको स्थानीय र अस्थायी संरचनामा परिवर्तन, विद्युत् चुम्बकीय क्षेत्र गडबडी, माथिल्लो वायुमण्डलको संरचना र ओजोन वितरण समावेश छन्। उपग्रहहरूले विकिरण वातावरणको निगरानी गर्न पनि मद्दत गर्नेछन् । प्रक्षेपणमा १८ वटा साना उपग्रहहरू पनि थिए ।

तीमध्ये रुसी कम्पनी जियोस्क्यानद्वारा विकसित नौ वटा थिए । जसले पृथ्वीको इमेजिङ सञ्चालन गर्नेछ । हावा र समुन्द्री ट्राफिक ट्रयाक गर्नेछ । र पृथ्वीको नजिकको अन्तरिक्ष भौतिक अध्ययन गर्नेछ केही उपग्रहहरू शैक्षिक उद्देश्यका लागि लक्षित छन्, जसमा उपग्रह–देखि–पृथ्वी सञ्चार लिङ्कहरू अन्वेषण गर्ने र कम पृथ्वीको कक्षामा साना उपग्रह नियन्त्रण प्रविधिहरूको परीक्षण गर्ने उद्देश्यका परियोजनाहरू समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवाको आरोप : १८ करोड खर्च गरेर कांग्रेसको आधिकारिकता किनियो कुकुर तिहारजस्ता पर्वलाई अन्तरराष्ट्रियकरण गर्नुपर्छः सबिना काफ्ले दरबारमार्गमा लागेको आगो नियन्त्रणमा छठ मनाउन रवि लामिछाने जनकपुरधाम जाने भ्रममाथि तथ्य र असत्यमाथि सत्यको विजय होस् : दानबहादुर कार्की घोप्टेभीरमा सुक्खा पहिरो, पृथ्वी राजमार्ग खुलाउने प्रयास जारी आज देशभर श्रद्धा र भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदै सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँ कायम सुतिरहेका बेला एक्कासि हँसिया प्रहारबाट एक महिलाको मृत्यु काठमाडौँको दरबारमार्गमा आगलागी सरकारको कामकारबाही हिन्दी जासुसी फिल्मजस्तै, कतिबेला कसलाई पक्राउ गरिने हो टुंगो छैन : प्रचण्ड देशमा न्याय मरेको छैन भने सर्वोच्चबाट हामीले नै आधिकारिकता पाउँछौं : महत एनपीएल : काठमाडौँ गुर्खाजविरुद्ध लुम्बिनी लायन्सले जित्यो टस, पहिले बलिङ गर्ने कर्णालीको योगदानको राज्यले उचित मूल्याङ्कन गरेन : संयोजक प्रचण्ड देउवा पक्षको काठमाडौँ जिल्ला अधिवेशन सुरु सर्वोच्चका चार प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकियो मिडियामाथिको नियन्त्रण प्रयासविरुद्ध माइतीघरमा युवाहरूको प्रदर्शन भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको सूची सार्वजनिक, दाबी गर्न सात दिनको समय तिहारमा फूलको माग बढेसँगै माला महँगियो, उपभोक्ता प्रभावित २४ र २५ गते काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने