2026-09-05 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आफ्नो अत्याचार लुकाउन इजरायलले पत्रकारलाई आतंकवादीको ट्याग लगाउँछ : राष्ट्रसंघ

काठमाडौँ | इजरायलले गाजापट्टीमा आफ्नो गैरन्यायिक हत्यालाई जायज साबित गर्न पत्रकारलाई पनि आतंकवादीको ट्याग लगाउने गरेको पाइएको छ । अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक आइरिन खानले इजरायलको उक्त हर्कतबारे खुलासा गरेकी हुन् ।

खानले उत्तरी गाजा पट्टीमा अल जजीराका अन्तिम पत्रकारका रुपमा कार्यरत अनस अल–शरीफविरुद्ध इजरायली सेनाको धम्कीप्रति राष्ट्रसंघ चिन्तित रहेको बताएकी छन् । उनले अल जजीरा अरबिककासहकर्मीहरूसँग कुरा गर्दै प्रमाणबिनै पत्रकारलाई आतंकवादी भन्ने गरेको बताइन्।

उनले भनिन्–इजरायली सेनाले कुनै प्रमाण बिना नै अल–शरीफ र अन्य पत्रकारहरूलाई ‘आतंकवादी’ भएको आरोप लगाउँछ । हामी विश्व समुदायलाई इजरायलमाथि गाजामा अल–शरीफ र अन्य पत्रकारहरूलाई लक्षित गर्नबाट रोक्न आह्वान गर्छाैं । इजरायली सेनाले पत्रकारहरूलाई उनीहरूको हत्यालाई जायज ठहराउन झूटो रूपमा ‘आतंकवादी’ भनेर लेबल लगाइरहेको कुरा संसारले सुन्नुपर्छ ।

खानका अनुसार इजरायलले कुनै पनि अन्तर्राष्ट्रिय पत्रकारलाई गाजामा प्रवेश अनुमति दिन अस्वीकार गर्छ र स्थानीय पत्रकारहरूको प्रतिष्ठामा कलंक लगाउँछ । प्यालेस्टिनी पत्रकारहरूको हत्या र नजरबन्द सत्यलाई दबाउने इजरायली रणनीति भएको समेत उनले बताएकी छन् ।

उनले भनेकी छन्–हामी गाजामा बहादुर पत्रकारहरूको सुरक्षाको लागि आह्वान गर्छौं, किनकि उनीहरूको इजरायली नरसंहारको रिपोर्टले संसारलाई हल्लाउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल