2026-09-05 12:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतलाई पाकिस्तानको चेतावनी : ‘सिन्धु बाँध बनाए युद्धको आँधी आउँछ, क्षेप्यास्त्रले ध्वस्त पारिन्छ!’

काठमाडौँ | भारतले सिन्धु नदी सन्धिलाई स्थगन गरिरहेमा नदीमा रहेको बाँधलाई क्षेप्यास्त्र हानेर ध्वस्त पारिदिने पाकिस्तानका सेनाप्रमुख फिल्ड मार्शल असिम मुनीरले चेतावनी दिएका छन् ।

अमेरिकाको फ्लोरिडामा आयोजित एक रात्रिभोज समारोहमा पाकिस्तानी मूलका अमेरिकीहरूलाई सम्बोधन गर्दै मुनीरले यो चेतावनी दिएका हुन् । भारतले सिन्धु नदीमा बाँध बनाएछ भने १० वटा क्षेप्यास्त्र प्रहार गरेर त्यसलाई ध्वस्त पारिदिने उनले दाबी गरे ।

सिन्धु नदी भारतीयहरूको पारिवारिक सम्पत्ति नभएको र आफूहरूसँग क्षेप्यास्त्रको कमी नरहेको उनको भनाइ छ । तीन महिनाअघि भारत र पाकिस्तानबीच चार दिनसम्म लडाइँ हुँदा भारतले सिन्धु नदी सन्धि स्थगन गरेको थियो । त्यसले पाकिस्तानलाई जलसंकट गराउन सक्ने डर छ ।

फ्लोरिडाको टाम्पामा पाकिस्तानका महावाणिज्यदूत अदनान असदले आयोजना गरेको रात्रिभोजमा पाकिस्तानी मूलका १२० जना जति अमेरिकीहरू भेला भएका थिए । उनीहरूलाई कार्यक्रम स्थलमा मोबाइल फोन वा अन्य डिजिटल डिभाइसहरू लैजान बन्देज लगाइएको थियो । मुनीरको सम्बोधनको आधिकारिक लिखत पनि सार्वजनिक गरिएको छैन ।

भारतको अन्लाइन न्युज पोर्टल द प्रिन्टले उक्त रात्रिभोजमा भाग लिएका कैयौं व्यक्तिसँग सम्पर्क गरेर मुनीरको सम्बोधनको सार पत्ता लगाएको हो ।

अमेरिकाको सेन्ट्रल कमान्डका कमान्डर जनरल माइकल कुरिल्लाको सेवानिवृत्ति समारोहमा भाग दिन मुनीर फ्लोरिडा पुगेका हुन् । कुरिल्लाले पाकिस्तानलाई अमेरिकाको आतंकवादनिरोधी अभियानको बलियो साझेदार भनी प्रशंसा गरेका थिए । कुरिल्लालाई पाकिस्तानको सबभन्दा ठूलो नागरिक सम्मान पनि प्रदान गरिएको थियो ।

आफ्नो सम्बोधनका क्रममा मुनीरले भारत र पाकिस्तानलाई राजमार्गमा गुडिरहेका दुईवटा गाडीसँग तुलना गरे । उनले भने, ‘भारत राजमार्गमा फरारी जस्तै गुडिरहेको चम्किलो मर्सिडिज कार हो तर हामी ग्राभेल बोकेको ट्रक हौं । ट्रकले कारलाई हिर्काएमा कसले हार्छ ?’

भारतसँग ठूलो अर्थतन्त्र र प्राविधिक स्रोतसाधन भए पनि पाकिस्तानले उसलाई गम्भीर क्षति पुर्याउन सक्छ भनी मुनीरले यस्तो उदाहरण दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विराटनगरमा स्कुले छात्रालाई अभद्र व्यवहार गर्ने दुई जना पक्राउ भोटेकोशी बाढीबाट भएको क्षतिको क्षतिपूर्ति औद्योगिक राष्ट्रले तिर्नुपर्छ : शंकर पोखरेल भोटेकोशी बाढीमा १,३४४ शव फेला, ४,८९८ अझै बेपत्ता मानव बेचबिखनमुक्त समाज निर्माणका लागि सबै तहबीच सहकार्य आवश्यक : प्रधानमन्त्री शाह कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल