2026-09-26 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रक्सीको नशामा डुबेका थिए, दौडले जीवन फेरियो: चप्पलमै दौडेर भाइरल बने इसाके

काठमाडौँ । ब्राजिलको एउटा सानो शहरमा आयोजित ८ किलोमिटर दौड प्रतियोगितामा चप्पल लगाएर भाग लिएका एक बेघर युवकको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको जीवन नै परिवर्तनको मोडमा पुगेको छ।

३१ वर्षीय इसाके दोस सान्टस पिन्हो  नामक युवकले कुनै दर्ता वा पूर्वतयारी नगरी अचानक प्रतियोगितामा भाग लिएका थिए। उनले मात्र साधारण चप्पल लगाएर अन्य धावकसँगै दौड सुरु गरे र अन्ततः दौड पूरा गरेर पदक समेत जिते।

उनी प्रतियोगिता सुरु हुनु अघि सामान्य अवस्थामा थिएनन्। स्थानीय मिडियाका अनुसार उनी नशामा थिए र अचानक भिड देखेर प्रतियोगितामा सामेल हुने निर्णय गरेका थिए। तर, उनको अदम्य साहस र दृढताले सबैलाई आश्चर्यचकित बनायो।

भिडियो भाइरल, नाम “इसाके द रनर”

प्रतियोगिताको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि उनलाई “इसाके द रनर” भनेर चिनिन थालिएको छ। लाखौं मानिसहरूले उनको दृढता र आत्मबलको प्रशंसा गरेका छन्।

सहयोग र नयाँ सुरुवात

भाइरल भएपछि इसाकेलाई स्थानीय समुदायले ठूलो सहयोग गर्न थालेका छन्। खेलप्रेमीहरूले उनलाई नयाँ रनिङ जुत्ता, कपडा र प्रशिक्षण सामग्री उपलब्ध गराएका छन्। खेलप्रेमीहरूलेले उनलाई प्रशिक्षण दिन प्रस्ताव गरेका छन्।

स्थानीय निकायका अधिकारीहरूले भविष्यका दौड प्रतियोगितामा औपचारिक रूपमा सहभागी हुन अवसर दिने घोषणा गरेका छन्। यति मात्र होइन, सामाजिक अभियन्ता र सहयोगीहरूले उनको लागि आवासको व्यवस्था गर्न थालेका छन्।

एस्टेला लारिज्जेरी नामकी एक महिलाले उनका लागि स्थायी घर निर्माण गर्न सहयोग जुटाउन अभियान सुरु गरेकी छिन्।

इसाकेको भनाइ –इसाकेलाई पत्रकारहरूले सोध्दा उनले भने,“मलाई महसुस भयो—औषधि वा नशाको सट्टा दौड गर्दा जीवन बदलिन्छ। मैले अब नयाँ बाटो रोजेको छु, र अझ परिवर्तन गर्न चाहन्छु।”

साधारण चप्पल लगाएर सुरु भएको एउटा अनौठो दौडले ३१ वर्षीय बेघर युवकको जीवनमा अभूतपूर्व परिवर्तन ल्याइदिएको छ। अब उनी भविष्यमा एक पेशेवर धावक बन्ने सपना देखिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह