2026-09-04 08:30 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

रुसले युक्रेनी सैन्य केन्द्रहरूमा गरेको आक्रमणमा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी

काठमाडौँ | रुसले युक्रेनी सैन्य केन्द्रहरूमा गरेको आक्रमणमा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी गरेको छ। रुसी रक्षा मन्त्रालयले जारी गरेको एक प्रतिवेदनअनुसार, पछिल्लो २४ घण्टामा रुसी सेनाले खार्कोभ, जापोरिजिया र खेरसनमा रहेका सैन्य केन्द्रहरूमा आक्रमण गरेको हो।

आक्रमणबाट ट्याङ्क, बख्तरबन्द गाडी, रकेट लन्चर, विद्युतीय युद्ध प्रणाली, गोलाबारुद भण्डार लगायतका सैन्य लक्ष्यहरू नष्ट गरिएको रिपोर्टमा उल्लेख छ। साथै, रुसी वायु रक्षा प्रणालीले एक रकेट र २१७ वटा ड्रोन खसालेको पनि दाबी गरिएको छ।

यता, युक्रेनी सशस्त्र बलले भने रुसको दाबीलाई खण्डन गर्दै आफ्नोतर्फबाट पनि जवाफी कारबाही गरिएको जनाएको छ। युक्रेनी सेनाका अनुसार अग्रमोर्चामा भएका १७५ भिडन्तमा करिब ८९० रुसी सैनिक हताहत भएका छन्। युक्रेनी वायुसेना, मिसाइल युनिट र तोपखानाले पनि रुसी सैन्य निशानाहरूलाई सफलतापूर्वक नष्ट गरेको बताइएको छ। युक्रेनले कुपियान्स्क र तोरेत्स्क क्षेत्रमा भएका कैयौँ रुसी आक्रमणलाई विफल पारेको पनि दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कृष्ण जन्माष्टमीमा राष्ट्रपति पौडेलद्वारा कृष्ण मन्दिरको दर्शन भदौ २२ र २३ गते राहदानी विभागका सबै सेवा नियमित सञ्चालन हुने रसुवा बाढीमा भयावह क्षति : १,२९० शव फेला, ४,७९८ अझै बेपत्ता आलोचकलाई गृहमन्त्री गुरुङको जवाफ : ‘तपाईं गलत युगमा हुनुहुन्छ’ ग्रीन आर्मी’ रहस्यपूर्ण देखियो, गम्भीर अनुसन्धान हुनुपर्छ : ओली शिक्षक हत्या आरोपमा एक जना पक्राउ सुनचाँदीको मूल्य बढ्यो पोखरामा कार फेवातालमा खस्दा दुई भारतीय नागरिकको मृत्यु गगन थापा विज्ञ टोलीसहित आज रसुवा जाँदै भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ सुरुङमा फसेका दुई जनाको जीवितै उद्धार विपत्ति र चुनौतीमा धैर्य तथा कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री बालेन भोटेकोशी बाढीपीडितका लागि नेकपाले प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा गर्‍यो स्रोत नखुलेको पाँच लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित, अर्को बैठक भदौ २४ गते बस्ने मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक राहतको रकम एक रुपैयाँ पनि अन्यत्र खर्च गर्न पाइँदैन : रास्वपा प्रवक्ता खरेल भदौ २२ मा राष्ट्रिय शोक दिवस, २३ गते जेनजी सहिद दिवसमा सार्वजनिक बिदा विपद् र शोकको घडीमा सरकारको साथमा छौँ : रास्वपा सरकारले प्रविधि छैन भनेर हात उठाउन पाउँदैन : सांसद बराल रसुवा बाढीमा टनेलभित्र फसेकाको उद्धारमा सरकार चुक्यो: एमाले सांसद बराल