2026-09-26 11:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायलले सबै बन्धकहरू छुटाउन वार्ता सुरु गर्ने घोषणा

काठमाडौँ | इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन् । साथसाथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाजा सहरमा इजरायली सेनाको ठूलो कारबाही गर्ने योजना पनि स्वीकृत गरिएको बताएका छन् । बिहीबार राति गाजाको लागि जिम्मेवार सैन्य मुख्यालयको भ्रमणका क्रममा नेतान्याहुले भने, ‘हामीले गाजा सहर नियन्त्रणमा लिन र हमासलाई परास्त गर्न इजरायली सेनालाई योजना अघि बढाउन अनुमति दिएका छौं। यससँगै बन्धकहरू छुटाउने काम पनि अघि बढ्नेछ ।’

तर, नेतान्याहुले कतार र इजिप्टको मध्यस्थतामा प्रस्तावित ६० दिने युद्धविराम सम्झौतालाई भने अस्वीकार गरेका छन् । उक्त प्रस्तावमा गाजामा रहेका बाँकी बन्धकमध्ये आधालाई रिहा गरिने उल्लेख गरिएको थियो । यसअघि हमासले नेतान्याहुलाई मध्यस्थकर्ताहरूको प्रस्ताव अस्वीकार गर्दै सम्झौतालाई अवरोध पु¥याएको आरोप लगाएको थियो ।

इजरायली अधिकारीहरूका अनुसार गाजामा रहेका ५० बन्धकमध्ये करिब २० मात्र जीवित रहेको विश्वास गरिएको छ । यसबीच, बिहीबार इजरायली सेनाले गाजा सहरका पूर्वी क्षेत्रहरूमा तीव्र बमबारी गरेको जनाइएको छ । इजरायली सेनाले गाजा सहरका करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सर्न चेतावनी दिँदै अन्तर्राष्ट्रिय संस्थाहरू तथा स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा रहन भनेको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भने यस्तो कदमले बाँकी स्वास्थ्य प्रणालीलाई पूर्ण रूपमा ध्वस्त पार्ने चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह