२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

गाजामा युद्धविराम सम्झौताको माग गर्दै इजरायलमा प्रदर्शन

८ भाद्र २०८२, आईतवार १२:०५

काठमाडौँ | गाजामा युद्धविराम सम्झौताको माग गर्दै शनिबार इजरायलमा हजारौँ मानिसहरू सडकमा उत्रिएका छन् । धेरै सहरहरूमा आयोजित यस प्रदर्शनमा ठुलो सङ्ख्यामा मानिसहरू सहभागी भएका छन् । गाजा सहर कब्जा गर्ने इजरायली सेनाको योजनाले बाँकी बन्धकहरूको जीवनलाई खतरामा पार्न सक्छ भन्ने प्रदर्शनकारीहरूको भनाइ थियो । इजरायली पूर्व रक्षामन्त्री बेनी गान्ट्जले पनि बन्धकहरूको रिहाइलाई प्राथमिकता दिँदै अस्थायी राष्ट्रिय एकता सरकार गठनको लागि आह्वान गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गठबन्धन हाल अति दक्षिणपन्थी सदस्यहरूमा निर्भर छ जसले युद्ध अन्त्य गर्न हमाससँग हुने कुनै पनि सम्झौताको विरोध गरिरहेका छन् । यसैबिच, गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमण र कुपोषणका कारण पछिल्लो २४ घण्टामा ६० भन्दा बढीको मृत्यु भएको दाबी गरेको छ ।

संयुक्त राष्ट्रसंघका महासचिवले गाजाको अवस्थालाई ‘मानवताको असफलता’ बताउँदै तत्काल युद्धविराम, सबै बन्धकहरूको रिहाइ र मानवीय पहुँच सुनिश्चित गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला