२७ पुष २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अफगानिस्तानमा भूकम्पबाट ६१० जनाको मृत्यु, १३ सयभन्दा बढी घाइते

१६ भाद्र २०८२, सोमबार १२:५७

काठमाडौँ | अफगानिस्तानमा गएराति आएको भूकम्पमा कम्तीमा ६१० जनाको मृत्यु भएको छ भने १ हजार ३०० भन्दा बढी घाइते भएका छन्। तालिबानको आन्तरिक मन्त्रालयले मृतक संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ। स्थानीय समयअनुसार आइतबार राति ११:४७ बजे पूर्वी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार भूकम्पको केन्द्र जलालाबाद शहरबाट करिब १७ माइल टाढा रहेको थियो। जलालाबादमा करिब दुई लाख मानिस बस्छन् र यो राजधानी काबुलबाट सडकमार्गद्वारा १०० माइलभन्दा कम दूरीमा पर्छ। अधिकांश मृत्यु छिमेकी कुनार प्रान्तमा भएका छन्। सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार भूकम्पले देशका केही पूर्वी प्रान्तमा गम्भीर जनधनको क्षति पुर्‍याएको छ। पाकिस्तानसँग सीमाना जोडिएका पहाडी क्षेत्रमा घरहरू भग्नावशेषमा परिणत भएका छन् र सञ्चार सीमित रहेको छ।

यसअघि २०२३ को अक्टोबरमा अफगानिस्तानमा विनाशकारी भूकम्पमा ४ हजार जनाको मृत्यु भएको थियो भने २०२२ मा पूर्वी क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्पमा करिब १ हजार मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला