२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अफगानिस्तानमा भूकम्पबाट ६१० जनाको मृत्यु, १३ सयभन्दा बढी घाइते

२०८२, १६ भाद्र सोमबार १२:५७

काठमाडौँ | अफगानिस्तानमा गएराति आएको भूकम्पमा कम्तीमा ६१० जनाको मृत्यु भएको छ भने १ हजार ३०० भन्दा बढी घाइते भएका छन्। तालिबानको आन्तरिक मन्त्रालयले मृतक संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ। स्थानीय समयअनुसार आइतबार राति ११:४७ बजे पूर्वी अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो।

अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीसी) का अनुसार भूकम्पको केन्द्र जलालाबाद शहरबाट करिब १७ माइल टाढा रहेको थियो। जलालाबादमा करिब दुई लाख मानिस बस्छन् र यो राजधानी काबुलबाट सडकमार्गद्वारा १०० माइलभन्दा कम दूरीमा पर्छ। अधिकांश मृत्यु छिमेकी कुनार प्रान्तमा भएका छन्। सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदका अनुसार भूकम्पले देशका केही पूर्वी प्रान्तमा गम्भीर जनधनको क्षति पुर्‍याएको छ। पाकिस्तानसँग सीमाना जोडिएका पहाडी क्षेत्रमा घरहरू भग्नावशेषमा परिणत भएका छन् र सञ्चार सीमित रहेको छ।

यसअघि २०२३ को अक्टोबरमा अफगानिस्तानमा विनाशकारी भूकम्पमा ४ हजार जनाको मृत्यु भएको थियो भने २०२२ मा पूर्वी क्षेत्रमा ५.९ म्याग्निच्युडको भूकम्पमा करिब १ हजार मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ