2026-10-21 08:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

थाक्सिनलाई एक वर्ष जेल सजाय, अदालतको फैसला स्वीकार

थाइल्यान्डको सर्वोच्च अदालतले मङ्गलबार पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई भ्रष्टाचार र शक्तिको दुरुपयोगको आरोपमा अघिल्लो सजायअनुसार एक वर्षको जेल सजाय भोग्नुपर्ने निर्णय सुनाएको छ ।

एक न्यायाधीशका अनुसार थाक्सिनको सजायको कार्यान्वयन ठीकसँग भएको थिएन, त्यसैले बैङ्ककको प्रहरी अस्पतालमा गरिएको नजरबन्दलाई जेल सजायको रूपमा गणना गरिएको थिएन ।

एक दशकभन्दा बढी समय स्व–निर्वासनमा बिताएपछि थाइल्यान्ड फर्केका थाक्सिन जेलमा एक दिनभन्दा कम समय बिताएपछि स्वास्थ्य कारण देखाएर अस्पतालमा भर्ना हुनुभएको थियो ।

उहाँको आठ वर्षको सजायलाई राजा महा भाजिरालोङ्गकोर्नले एक वर्षमा कम गरिदिनुभयो र अस्पतालमा छ महिना बिताएपछि उहाँ प्यारोलमा मुक्त हुनुभयो ।

यस घटनाले उहाँलाई विशेष सुविधा दिइएको हो कि होइन भन्ने प्रश्न उठ्यो, साथै उहाँ साँच्चै बिरामी हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो भन्ने विषयमा पनि शङ्का प्रकट भयो ।

अदालती कार्यवाहीपछि थाक्सिनलाई बैङ्कक रिमान्ड जेल पठाइयो । फैसलापछि उहाँको टोलीले सामाजिक सञ्जालमा सेयर गरेको सन्देशमा थाक्सिनले अदालतको निर्णय स्वीकार गरेको जनाउँदै लेख्नुभएको छ, “म भविष्यप्रति ध्यान दिन चाहन्छु, चाहे कानूनी कार्यवाही होस् वा मसँग सम्बन्धित द्वन्द्वहरू । आजदेखि, म स्वतन्त्र भए पनि, देश र जनताको हितका लागि विचारको स्वतन्त्रता राख्छु ।”

फैसला आउनुअघि थाक्सिन आफ्ना दुई छोराछोरी, पिन्टोङ्टा सिनावात्रा र पूर्वप्रधानमन्त्री पेटोङटार्न सिनावात्रासहित अदालत पुग्नुभएको थियो । गत महिना अदालतले पेटोङटार्नलाई कम्बोडियाली सिनेट अध्यक्षसँगको राजनीतिक सम्झौतासम्बन्धी फोन कललाई नैतिक उल्लङ्घन मानेर पदबाट हटाएको थियो ।

फैसलापछि पेटोङटार्नले राजाले थाक्सिनको सजाय कम गरिदिएकोमा धन्यवाद दिँदै भन्नुभयो, “म बुबाको बारेमा चिन्तित छु, तर गर्व पनि छ कि उहाँले देशका लागि धेरै ऐतिहासिक क्षण सिर्जना गर्नुभएको छ । यो कठिन समय हो, तर हामी अझै राम्रो भावनामा छौँ।”

थाक्सिन सन् २००१ देखि २००६ मा सैन्य कूले उहाँलाई अपदस्थ नगरेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँको निष्कासनपछि थाइल्यान्डमा करिब दुई दशक लामो राजनीतिक ध्रुवीकरण सुरु भयो, जसले उहाँका समर्थकलाई सहरी बासिन्दा, उत्साही राजावादी र सेना समर्थकहरूसँग आमनेसामने बनायो ।

सन् २००८ मा थाक्सिन आरोपहरूको सामना गर्न थाइल्यान्ड फर्कनुभयो तर जमानत छोडेर फेरि विदेशतिर लाग्नुभयो र एक दशकभन्दा बढी समय निर्वासनमा रहनुभयो । कार्यालय छाडेपछि उहाँले राजनीतिक उद्देश्यले प्रेरित भएको भन्दै थुप्रै मुद्दा र आपराधिक अभियोगको सामना गर्नुभयो ।

गत महिना, एक आपराधिक अदालतले उहाँलाई शाही मानहानि (लेज–माजेस्टे) आरोपबाट निर्दोष ठहर गरेको थियो । उक्त आरोपमा दोषी ठहर भएको भए उहाँलाई १५ वर्षको जेल सजाय हुन सक्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ