2026-07-24 11:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारतीय सुरक्षा बलसँगको भिडन्तमा शीर्ष कमान्डरसहित तीन ‘नक्सलवादी’ विद्रोहीको मृत्यु

भारतीय सुरक्षा बलले सोमबार एकजना शीर्ष कमान्डरसहित तीन जना ‘नक्सलवादी’ विद्रोहीलाई गोली हानेर मारेको छ । यो कारबाही सरकारको दशकौँदेखि चल्दै आएको विद्रोहलाई अन्त्य गर्ने प्रयासको हिस्सा हो ।

माओवादी विचारधाराबाट प्रेरित ‘नक्सलवादी विद्रोह’ सन् १९६७ मा हिमालयको फेदीमा रहेको नक्सालबारी गाउँबाट सुरु भएको थियो । त्यसयता विद्रोही, सुरक्षाकर्मी र सर्वसाधारण गरी १२ हजार भन्दा बढीको ज्यान गइसकेको छ ।
ताजा भिडन्त झारखण्ड राज्यमा सोमबार बिहान भएको हो । भारतको केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का अनुसार, यो अपरेशनलाई ‘महत्वपूर्ण सफलता’ का रूपमा हेरिएको छ ।
भीडन्तमा तीन जना ‘शीर्ष नक्सल कमान्डर’ मारिएको सीआरपीएफले जनाएको छ । मारिएका मध्ये एक सहदेव सोरेन थिए, जो नक्सलवादी सङ्गठनको केन्द्रीय समितिका सदस्य थिए । उनको पक्राउका लागि करिब एक लाख १३ हजार अमेरिकी डलर (भारतीय ९४ लाख) बराबरको इनाम तोकिएको थियो ।

केही दिनअघि मात्र ओडिशा र छत्तीसगढको जङ्गली सीमामा भएको अर्को भिडन्तमा सुरक्षाफौजले एक अर्का नक्सलवादी कमान्डरसहित नौ विद्रोहीलाई मारेको थियो ।
भारत सरकारले आगामी मार्च महिनासम्म विद्रोहलाई पूर्णरूपमा समाप्त गर्ने प्रतिबद्धता जनाएको छ ।

सन् २००० को दशकको मध्यतिर यो विद्रोहले देशको करिब एक तिहाइ भूभागमा नियन्त्रण कायम राखेको थियो र त्यसबेला १५–२० हजार जना लडाकु भएको अनुमान गरिएको थियो ।
‘रेड करिडोर’ नाम दिइएको क्षेत्रमा हाल भइरहेको व्यापक कारबाहीमा सरकारले गत वर्षदेखि अहिलेसम्म ४०० भन्दा बढी विद्रोहीलाई मारिएको जनाएको छ ।
यसै वर्ष मे महिनामा नक्सलवादी प्रमुख नाम्बाला केशव राव (उर्फ बसवराजु) २६ अन्य लडाकुसहित मारिएका थिए ।
यस सङ्घर्षमा सुरक्षाकर्मीहरू पनि धेरै चोटि निशाना बनेका छन् । गत जनवरीमा भएको सडकछेउ बम विस्फोटमा कम्तीमा ९ जना भारतीय सुरक्षाकर्मीको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक