2026-09-26 10:29 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फिलिपिन्सका पूर्वराष्ट्रपति डुटेर्टे मानवताविरुद्ध अपराधमा अभियुक्त

फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि मानवताविरुद्ध अपराधको आरोप लगाइएको छ । उहाँलाई राष्ट्रपति र मेयर रहँदा कम्तीमा ७६ जनाको हत्या संलग्नतामा दोषी ठहर गरिएको हो ।

अन्तर्राष्ट्रिय अपराध अदालत (आइसिसी) का अभियोजनकर्ताले जुलाई ४ मा पेस गरेको १५ पृष्ठ लामो आरोपपत्र सोमबार सार्वजनिक गरिएको हो । यसमा डुटेर्टेले ‘कथित लागुऔषध व्यापारी, प्रयोगकर्ता तथा अन्य अपराधीहरूविरुद्ध हत्या र हिंसात्मक कार्य गर्न निर्देशन र अधिकार दिएको’ दाबी गरिएको छ ।

पहिलो अभियोगअनुसार उहाँले सन् २०१३–२०१६ बीच दाभाओ सहरको मेयर हुँदा १९ जनाको हत्या गराउनुभएको थियो । दोस्रोमा, सन् २०१६–२०१७ मा राष्ट्रपति हुँदा लक्षित हत्यामा १४ जनाको मृत्यु भएको उल्लेख छ । तेस्रो अभियोगले सन् २०१६–२०१८ बीच ‘निकासी अभियान’ मा ४३ जनाको हत्या भएको दाबी गर्छ ।

डुटेर्टे, उहाँका वकिल वा परिवारले यी आरोपहरूबारे तत्काल प्रतिक्रिया दिएका छैनन् । राष्ट्रपति रहँदा उहाँले गैरन्यायिक हत्यालाई अस्वीकार गरे पनि खुलेर लागुऔषध संदिग्धहरूलाई मृत्युदण्ड दिने धम्की दिनुभएको थियो । उहाँले हिंसात्मक प्रतिरोध गर्नेहरूलाई गोली चलाउन प्रहरीलाई प्रोत्साहन गर्नुभएको थियो ।

मार्चमा फिलिपिन्सका अधिकारीहरूले आइसिसीले जारी गरेको वारेन्टमा उहाँलाई पक्राउ गरी नेदरल्यान्ड्सस्थित आइसिसीको हिरासतमा राखिएको हो ।

उहाँका समर्थकहरूले राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरको प्रशासनमाथि राजनीतिक प्रतिशोधको आरोप लगाएका छन् । उनीहरूको भनाइमा आइसिसीको क्षेत्राधिकार विवादित छ ।

अदालतमा सुनुवाइ मङ्गलबार सुरु हुने तय भए पनि डुटेर्टे मुद्दा चलाउन योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने वकिलहरूको तर्क मूल्याङ्कन गर्न न्यायाधीशहरूले समय मागेपछि स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह