२३ कार्तिक २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ट्रम्पको नयाँ शुल्क घोषणा : औषधि, ठूला ट्रक र फर्निचरमा कर

१० आश्विन २०८२, शुक्रबार १२:१३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो विश्वव्यापी व्यापार युद्धलाई पुनर्जीवित गर्दै औषधि, भारी ट्रक, घर नवीकरण सामग्री र फर्निचरमा उच्च कर लगाउने घोषणा गर्नुभएको छ ।

गत अप्रिलमा विश्वभरका प्रायः सबै अमेरिकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्दै पारस्परिक भन्सार शुल्क घोषणा गरेपछि यो ट्रम्पको सबैभन्दा कठोर व्यापारिक कदम हो ।

अक्टोबर १ देखि सुरु हुने नयाँ नीतिअनुसार अमेरिकामा उत्पादन नभएका ब्रान्डेड वा प्याटेन्टेड औषधि उत्पादनमा सतप्रतिशत प्रतिशत भन्सार शुल्क लगाइनेछ ।

राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममार्फत घोषणा भन्नुभयो, “जबसम्म कुनै कम्पनीले अमेरिकाभित्र औषधि कारखाना निर्माण गर्दैन, त्यस्तो उत्पादनमा कर अनिवार्य हुनेछ ।”

यस कदमको कडा आलोचना अस्ट्रेलियाबाट आएको छ । सन् २०२४ मा मात्रै अस्ट्रेलियाले अमेरिकामा करिब एक अर्ब ३५ करोड डलर मूल्यका औषधि निर्यात गरेको संयुक्त राष्ट्रसङ्घको कमट्रेड डाटाबेसले देखाउँछ ।

अस्ट्रेलियाका स्वास्थ्यमन्त्री मार्क बटलरले शुक्रबार प्रतिक्रिया दिँदै भन्नुभयो, “उच्च दरहरूले अमेरिकी उपभोक्तालाई हानि पुर्‍याउँछन्, यद्यपि अस्ट्रेलियाली निर्यातकर्ताले स्वतन्त्र व्यापारबाट लाभ उठाइरहेका छन् ।”

औषधिपछि ट्रम्पले ट्रक उद्योगलाई लक्षित गर्नुभएको छ । उहाँले भन्नुभयो, “पिटरबिल्ट, केनवर्थ, फ्रेटलाइनर, म्याक ट्रक र अन्य अमेरिकी उत्पादकलाई सहयोग गर्न हामी विश्वका अन्य देशमा बनेका सबै भारी ट्रकमा २५ प्रतिशत भन्सार शुल्क लगाउँछौँ ।”

यसले स्विडेनको भोल्भो र जर्मनीको डेमलर (फ्रेटलाइनर, वेस्टर्न स्टार ब्रान्ड) जस्ता विदेशी कम्पनीलाई प्रत्यक्ष असर पुर्‍याउनेछ । युरोपमा सेयर बजार खुल्दा दुवै कम्पनीको मूल्य तीव्र रूपमा घटेको छ ।

राष्ट्रपतिले यो कदमलाई ‘राष्ट्रिय सुरक्षा’ सँग जोड्दै यस वर्षको सुरुमा सुरु गरिएको धारा २३२ अनुसन्धानलाई आधार बनाउनुभयो । उक्त प्रावधानले राष्ट्रपतिलाई आयातले राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याएको ठहरिएमा भन्सार शुल्क वा प्रतिबन्ध लगाउने अधिकार दिन्छ । ट्रम्पले यसलाई बारम्बार प्रयोग गर्दै अमेरिकी उत्पादनलाई मजबुत बनाउन खोज्नुभएको छ ।

यसै क्रममा, ट्रम्पले घर नवीकरणका सामानलाई पनि करको दायरामा ल्याउनुभएको छ । उहाँले घोषणा गर्नुभयो, “अक्टोबर १ देखि सबै किचन क्याबिनेट, बाथरुम भ्यानिटी र सम्बन्धित उत्पादनमा ५० प्रतिशत करका साथै साथै अपहोल्स्टर्ड फर्निचरमा ३० प्रतिशत कर लगाइनेछ ।”

अमेरिकी अन्तर्राष्ट्रिय व्यापार आयोगका अनुसार सन् २०२२ मा फर्निचरको कुल बिक्रीमध्ये ६० प्रतिशत आयातमा आधारित थियो । यसमा ८६ प्रतिशत काठको फर्निचर र ४२ प्रतिशत अपहोल्स्टर्ड फर्निचर बाहिरबाट आयात भएको थियो । घोषणापछि आयातमा निर्भर वेफेयर र विलियम्स सोनोमा जस्ता खुद्रा कम्पनीहरूको सेयर तत्काल घटेको छ ।

– संरक्षणवादी अभियान –

यी नयाँ भन्सार शुल्कहरूले अमेरिकी अर्थतन्त्रमा मुद्रास्फीतिको जोखिम बढाउने आशङ्का गरिएको छ । ट्रम्पले आधुनिक अमेरिकाको खुला र आयात–निर्भर नीतिलाई उल्ट्याउँदै संरक्षणवादी शैलीमा उत्पादन पुनर्निर्माण गर्ने अभियान चाल्नुभएको छ ।

उहाँको प्रशासनले पहिले नै सबै देशमा आधारभूत १० प्रतिशत कर लगाइसकेको छ । यसमा अमेरिकासँग व्यापार असन्तुलन बढी हुने राष्ट्रहरूलाई अझ उच्च दर तोकिएको छ । साथै, उहाँले फेन्टानिल तस्करी र अवैध आप्रवासनलाई कारण देखाउँदै क्यानाडा, मेक्सिको र चीनमाथि आपत्कालीन शक्तिबाट थप कर पनि लगाउनुभएको छ ।

अर्को हप्ता सुरु हुने यी नयाँ भन्सार शुल्कहरूले विद्यमान उपायहरूमा कसरी कारक हुनेछ भन्ने कुरा अझै स्पष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोठाटार पहेँलो पुलक्षेत्रबाट नकुहिने फोहर व्यवस्थापन अर्थमन्त्री खनालले सबै मन्त्रालयको प्रणालीमा सुधार गर्ने काम भइरहेको बताए सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा अझ रचनात्मक रुपमा दिन्छ : गृहमन्त्री ओमप्रकाश अर्याल आन्दोलनका क्रममा उद्योग व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्यः प्रधानमन्त्री कार्की पूर्वमन्त्री आलामको निधनप्रति कांग्रेसद्वारा शोकप्रस्ताव पारित रूसी आक्रमणले युक्रेनको उर्जा पूर्वाधार प्रभावित ः किएभ ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छः अध्यक्ष ढकाल पर्यटनमार्फत समृद्धि खोजिरहेको लोपोन्मुख आठपहरिया समुदाय राजावादीको प्रदर्शन : गृहमन्त्री र प्रधानमन्त्रीविरुद्ध नाराबाजी कांग्रेसले आइतबार तीनवटै तहमा रहेका पार्टी कार्यालयहरू बन्द गर्ने महोत्तरीका ११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने निगमको दौड प्रतियोगितामा पुरुषतर्फ भण्डारी र महिलातर्फ सापकोटा प्रथम अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्‍यो, सरकारी बन्दको असर बढ्दै बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो अफगानिस्तान–पाकिस्तान शान्ति वार्ता पुनः असफल नेपाल श्रीलङ्कासँग पराजित लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु कांग्रेस नेता एवं पूर्वमन्त्री अफताव आलमको निधन नेपालको जलवायु प्रतिबद्धता, साझा सहकार्य र तत्कालीन कार्यको आह्वान