2026-10-20 07:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

फ्रान्सबाट बेलायत जान खोज्ने क्रममा दुई आप्रवासीको मृत्यु, दर्जनौंको उद्धार

फ्रान्सबाट सानो डुङ्गामार्फत बेलायत जान प्रयास गर्ने क्रममा दुई आप्रवासीको ज्यान गएको छ । अधिकारीहरूका अनुसार करिब १०० जना सवार रहेको डुङ्गा दुर्घटनामा परेपछि दर्जनौं अन्य व्यक्तिहरूलाई सकुशल उद्धार गरिएको छ ।

दुर्घटना न्यूफशातेल–हार्डेलोट नजिकको समुद्री क्षेत्रमा शुक्रबार रातिको समयमा भएको हो । मोन्ट्रेयू–स्यु–मेयर क्षेत्रकी अधिकारी इसाबेल फ्रादिन–थिरोडले जानकारी दिँदै भन्नुभयो,“अहिले करिब ६० जनालाई सुरक्षापूर्वक उद्दार गरी हेरचाहमा राखिएको छ ।”
यो घटनासँगै सन् २०२५ को सुरुवातदेखि अहिलेसम्म इंग्लिश च्यानल पार गर्ने क्रममा मृत्यु हुने आप्रवासीहरूको सङ्ख्या कम्तीमा २५ पुगेको एएफपीले आधिकारिक तथ्याङ्कका आधारमा जनाएको छ ।

यस वर्ष मात्रै झण्डै ३१ हजार आप्रवासी साना डुङ्गाबाट बेलायत पुगिसकेका छन्, जुन हालसम्मकै रेकर्ड हो ।

हालै फ्रान्स र बेलायतबीच भएको आप्रवासी व्यवस्थापनसम्बन्धी सहमति अनुसार, शरणको लागि अयोग्य ठहरिने व्यक्तिहरू ‘सुरक्षित मुलुक’ हुँदै बेलायत पुगेका छन् । उहाँहरूलाई बेलायतले फ्रान्स फर्काउन सक्नेछ । यसको सट्टामा, फ्रान्समा रहेका र शरणको लागि योग्य ठानिएका व्यक्तिहरूलाई बेलायतले स्वीकार गर्ने सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ