२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

उत्तर कोरियाले दियो अर्को खतरनाक धम्की, अब के हुन्छ ?

२०७४, ६ आश्विन शुक्रबार ११:४७

असोज ६, सोल । उत्तर कोरियाले फेरि हाइड्रोजन बम परीक्षण गर्ने चेतावनी दिएको छ । 

उत्तर कोरियाका विदेशमन्त्रीले सो धम्की दिएको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैमात्र उत्तर कोरियालाई ध्वस्त गर्ने धम्की दिनुभएको थियो । उत्तर कोरियाले यसअघि पनि बारम्बार आणविक परीक्षण गरिरहेकोले त्यसका विरुद्धमा राष्ट्रपति ट्रम्पले सो धम्की दिनुभएको थियो । 

यता अमेरिकाले दिएको सो धम्कीको विरुद्धमा उत्तर कोरियाले पुनः अर्को आणविक परीक्षण गर्ने र सो परीक्षण हाइड्रोजन बम मिश्रित परीक्षण हुने जनाइएको छ । 

उत्तर कोरियाका विदेशमन्त्री रि योङ हुले उत्तर कोरियाली नेताले पुनः यस्तो परीक्षणका लागि आदेश गर्नुभएको र सो आदेश अमेरिकी राष्ट्रपतिले उत्तर कोरियाका विरुद्धमा दिएको अभिव्यक्तिका विरुद्धमा भएको जानकारी दिनुभएको हो । 

अमेरिकी राष्ट्रपति ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभाको उद्घाटन सत्रमा सो अभिव्यक्ति दिनुभएको थियो । उहाँले उत्तर कोरियामाथिको कारबाही सैन्य बाहेक अर्काे नरहेको र यसबाट उक्त देश ध्वस्त हुने बताउनुभएको थियो । 


शुक्रबार न्युयोर्कमा सम्वाददाताहरुसँग उत्तर कोरियाली विदेशमन्त्री रिले उत्तर कोरियाले अर्को र यसअघिको भन्दा अझ शक्तिशाली आणविक परीक्षण गर्ने र सो परीक्षण क्षेप्यास्त्रमा राख्न मिल्ने किसीमको हाइड्रोजन बम हुने बताउनुभयो । 

उहाँको भनाई थियो– मलाई लाग्छ सो परीक्षण अहिलेसम्मकै सबैभन्दा शक्तिशाली हुनेछ र उक्त परीक्षण प्रशान्त क्षेत्रलाई लक्षित गरेर गरिनेछ । विदेशमन्त्री रिले भन्नुभयो– हाम्रो नेता किम जोङ उनको योजना बमोजिम यो परीक्षण हुनेछ र मैले भनेभन्दा अझै ठूलो र शक्तिशाली पनि यो हुन सक्नेछ । त्तर कोरियाका नेता किम जोङ उनले यस्तो खालको हतियार निर्माणस्थलको निरीक्षण गरेको जानकारी हालैमात्र बाहिर आएको थियो । 

पश्चिमा देशहरूले यस्तो खालको ब्यालेस्टिक क्षेप्यास्त्रमा प्रयोग गर्न मिल्नेगरी उत्तर कोरियाले परमाणुसँग सम्बन्धित उपकरणहरू निर्माण गर्नसक्ने गरी प्रविधिको विकास गर्ने बारेमा आशङ्का व्यक्त गर्दै आएका थिए । तर अहिले सो अशङ्काका बारेमा केही भन्ने गरिएको छैन । 

उत्तर कोरियाले यही सेप्टेम्बर ३ मा पनि यस्तै हाइड्रोजन बम मिश्रित परीक्षण गरेको थियो । आणविक परीक्षण करिब ५० किलोटनको रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले हालै जानकारी दिएको थियो । उत्तर कोरियाले गत बर्षको सेप्टेम्बरमा गरेको आणविक परीक्षणको तुलनामा यो तीन गुणा ठूलो भएको जानकारी पनि सो अवसरमा दिइएको थियो । 

उक्त हाइड्रोजन बमको मात्रा अमेरिकाले सन् १९४५ मा हिरोसीमा ध्वस्त गर्न बनाएको बम भन्दा पनि तीन गुणा ठूलो भएको बताइएको छ । उत्तर कोरियाले सेप्टेम्बर ३ मा हाइड्रोजन बम मिश्रित शक्तिशाली आणविक परीक्षण गरेको कुरा प्रमाणित पनि भइसकेको छ । यस हाइड्रोजन बम सफल परीक्षण गरेको समाचार समितिमार्फत उत्तर कोरियाले सम्प्रेषण गरेको थियो । 

त्यस समय उत्तरले गरेको सो परीक्षणले झण्डै छ म्याग्निच्युडको भूकम्प नै ल्याइदिएको बताइएको थियो । अब यसपछि गर्ने भनिएको आगामी परीक्षण उत्तरका विदेशमन्त्रीले जानकारी दिएअनुसार अहिलेसम्मकै शक्तिशाली हुने भएकोले यसको खतराको बारेमा मापन गर्ने काम सुरु भएको छ । 

उक्त परीक्षण प्यासिफिक क्षेत्रमा गरिने जानकारी पनि उत्तर कोरियाली विदेशमन्त्री रिले दिनुभएको न्युयोर्कबाट प्राप्त समाचारमा उल्लेख गरिएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन