2026-10-22 12:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इजरायली सरकारद्वारा गाजामा बन्धक मुक्त गर्ने सम्झौता अनुमोदन

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शुक्रबार सरकारले हमाससँग बन्धक मुक्तिको सम्झौतालाई अनुमोदन“ गरेको बताएको छ । यो सँगै दुवै पक्ष गाजामा दुई वर्ष भन्दा लामो युद्ध र शत्रुता अन्त्य गर्ने सम्झौताको सफलता नजिक पुगेका छन् ।

इजरायलले सबै पक्षहरूले“ युद्धविराम सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरेको उल्लेख गर्दै हमासले बन्दीहरूलाई मुक्त गरे पछि मात्र युद्धको अन्त्य हुने बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टमा भएको यो सम्झौताले गत महिना गाजाका लागि घोषणा गरेको २०–सूत्री शान्ति योजनालाइ आत्मसाथ गरेको बताउदै आइतबार मध्य पूर्वका लागि प्रस्थान गर्ने योजना बनाएको बताउनु भएको छ ।

इजिप्टले सम्झौताको समापन मनाउन एउटा कार्यक्रमको योजना बनाइरहेको छ, जसका लागि ट्रम्प पनि इजरायलमा रोकिने अपेक्षा गरिएको छ ।

इजरायली सरकारले सम्झौता अनुमोदन गर्न बिहीबार बैठकको २४ घण्टा भित्र युद्धविराम गर्ने बताएको थियो, जस अन्तर्गत अन्ततः इजरायली सेना गाजाबाट फिर्ता हुनुपर्ने छ ।

नेतान्याहुको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारले जीवित र मृतक “सबै बन्धकहरूको रिहाइलाई अनुमोदन गरेको जनाएको छ ।

जसका लागि नेतान्याहूले दक्षिणपन्थी सहयोगीहरूबाट दबाबको सामना गर्नु परेको थियो । राष्ट्रिय सुरक्षा मन्त्री इटामार बेन गभिरले गाजामा बाँकी रहेका ४७ जना बन्धकहरूको बदलामा हजारौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने योजनालाई “असहनीय भन्दै सम्झौताको बिरूद्ध मतदान गर्ने बताउनु भएको थियो ।

इजरायल र गाजामा उत्सव र विश्व नेताहरूले सम्झौताको प्रशंसासहितको सन्देशको बावजुद, हमासलाई निशस्त्र बनाउने योजनाको आह्वान र ट्रम्पको नेतृत्वमा गाजाको लागि प्रस्तावित संक्रमणकालीन अधिकार सहित धेरै मुद्दाहरू विचाराधिन रहेका छन् ।

हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले प्यालेस्टिनी इस्लामवादी आन्दोलनले प्रस्तावलाइ अस्वीकार गरेको बताउनु भएको छ ।

यद्देपी हामासले आफ्नो हतियार आत्मसमर्पण गरेको सवाललाई शान्ति योजनाको दोस्रो चरणमा सम्बोधन गरिने ट्रम्पले बताउनु भएको छ ।

वरिष्ठ अमेरिकी अधिकारीहरूले अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरको नेतृत्वमा २०० जनाको सैन्य टोली मध्यपूर्वमा युद्धविरामको “निरीक्षण“ गर्न तैनाथ गरिने बताएका छन् ।

पहिलो चरणको मस्यौदामा बिहीबार “सबै पक्षहरू“ द्वारा हस्ताक्षर गरिएको पुष्टि गर्दै इजरायली सरकारका प्रवक्ता सोश बेड्रोसियानले पत्रकारहरूलाई भन्नु भयो “हाम्रा सबै बन्धकहरू, जीवित र मृतकहरू, ७२ घण्टा पछि रिहा हुनेछन् ।

विदेश मन्त्री गिदोन सारले बन्धकहरूको रिहाइले “यो युद्धको अन्त्ये हुने बताउनु भएको छ ।

इजरायली नेटवर्कसँगको दुर्लभ अन्तर्वार्तामा प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले च्यानल सम्झौता एउटा ऐतिहासिक क्षण भएको उल्लेख गर्दै रक्तपात बन्द भएकोमा खुशी भएको तथा यो दिगो हुने आशा व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ