2026-09-26 09:53 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जापानमा विदेशी बासिन्दाको सङ्ख्या करिब ४० लाख पुग्यो

जापानमा बसोबास गर्ने विदेशी नागरिकहरूको सङ्ख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ । देशमा श्रम शक्ति अभावका कारण पछिल्ला वर्षहरूमा विदेशी कामदारहरूलाई ठूलो सङ्ख्यामा स्वीकार गरिँदै आएको छ ।

सरकारी तथ्याङ्क अनुसार सन् २०२५ को जुन महिनाको अन्त्यसम्म जापानमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्ने विदेशी बासिन्दाहरूको सङ्ख्या ३९ लाख ५६ हजार पुगेको हो ।

अध्यागमन सेवा एजेन्सीले शुक्रबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार यो सङ्ख्या सन् २०२४ को अन्त्यको तुलनामा करिब पाँच प्रतिशत अर्थात् एक लाख ८७ हजारले वृद्धि भएको हो । हाल जापानको कुल जनसङ्ख्याको तीन दशमलव २१ प्रतिशत हिस्सा विदेशी बासिन्दाहरूले ओगटेका छन्, जुन अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो ।

आवासीय स्थितिको आधारमा हेर्दा स्थायी बासिन्दाहरूको सङ्ख्या एक दशमलव पाँच प्रतिशतले बढ्दै नौ लाख ३२ हजार ९० पुगेको छ, जसले सबैभन्दा ठूलो समूह प्रतिनिधित्व गर्छ । त्यसपछि दोभाषे र अन्य पेशागत कामदारहरू समेत समावेश इन्जिनियर, मानविकी तथा अन्तर्राष्ट्रिय सेवाका विशेषज्ञहरूको भिसा कोटीमा रहेका व्यक्तिहरूको सङ्ख्या नौ दशमलव चार प्रतिशतले बढेर चार लाख ५८ हजार १०९ पुगेको छ ।

अध्यागमन एजेन्सीका अनुसार हालको वृद्धिदर निरन्तर रहँदा सन् २०२५ को अन्त्यसम्म जापानमा विदेशी बासिन्दाहरूको सङ्ख्या करिब ४१ लाख ५० हजार पुग्ने अपेक्षा गरिएको छ ।

यसै अवधिमा सन् २०२५ को पहिलो अर्धवार्षिकमा जापानमा प्रवेश गर्ने विदेशी आगन्तुकहरूको सङ्ख्या समेत तीव्र रूपमा बढ्दै दुई करोड १३ लाख मिलियन पुगेको छ । यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी हो । एजेन्सीको अनुमानअनुसार यस वर्षभर जापान प्रवेश गर्ने विदेशीहरूको कुल सङ्ख्या करिब चार करोड ५० लाख पुग्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह