2026-10-21 11:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कोभिड–१९ सङ्क्रमणले मुसाहरूको शुक्राणु परिवर्तन, सन्तानमा चिन्ता बढ्ने सम्भावना : अध्ययन

हालै प्रकाशित एक नयाँ अध्ययनले कोभिड–१९ भाइरसले मुसाहरूको शुक्राणुमा परिवर्तन ल्याउन सक्ने र यसले उनीहरूको सन्तानमा चिन्ताजनक व्यवहार बढाउन सक्ने देखाएको छ । यसले महामारीका दीर्घकालीन पुस्तागत प्रभावहरूबारे गम्भीर प्रश्नहरू उठाएको छ ।

अस्ट्रेलियाको मेलबर्नस्थित फ्लोरे इन्स्टिच्युट अफ न्युरोसाइन्स एन्ड मेन्टल हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनमा भाले मुसाहरूलाई कोभिड–१९ भाइरसले सङ्क्रमित गरियो र त्यसपछि ती मुसाहरूलाई असङ्क्रमित पोथी मुसाहरूसँग मिलाइयो । अनुसन्धानकर्ताहरूले त्यसपछि जन्मिएका सन्तानहरूको व्यवहार र मस्तिष्कीय विकासमा परेको प्रभावको अध्ययन गरे ।

“हामीले पत्ता लगायौँ कि सङ्क्रमित पिताबाट जन्मिएका सन्तानहरूले असङ्क्रमित पिताका सन्तानहरूको तुलनामा बढी चिन्ताजनक व्यवहार प्रदर्शन गरे”, अध्ययनकी मुख्य लेखिका डा. एलिजाबेथ क्लेम्यानले भन्नुभयो ।

नेचर कम्युनिकेसन्स नामक प्रतिष्ठित सहकर्मी–समीक्षित जर्नलमा प्रकाशित उक्त अध्ययन अनुसार सङ्क्रमित पिताबाट जन्मिएका सबै सन्तानहरूमा समान परिवर्तनहरू देखिए । विशेष गरी, तीमध्ये पोथीहरूले मस्तिष्कको भावनात्मक नियन्त्रणमा भूमिका खेल्ने हिप्पोक्याम्पस क्षेत्रमा केही महत्त्वपूर्ण जीनहरूको क्रियाशीलतामा उल्लेखनीय परिवर्तन देखाए ।

सह–वरिष्ठ अनुसन्धानकर्ता डा. क्यारोलिना गुबर्टले भन्नुभयो, “यी परिवर्तनहरू एपिजेनेटिक उत्तराधिकार र मस्तिष्क विकासमा हुने असन्तुलनका कारण सन्तानमा देखिएको बढी चिन्ताको स्रोत हुन सक्छन् ।”

अनुसन्धानका प्रमुख लेखक डा. एन्थोनी हान्नानले भन्नुभयो, “यो अध्ययनले कोभिड–१९ सङ्क्रमणले पिताको शुक्राणुको आरएनएमा अणु–स्तरमा परिवर्तन ल्याउने देखाएको छ, जसले मस्तिष्क विकाससँग सम्बन्धित जीनहरूको नियमनमा प्रत्यक्ष प्रभाव पार्न सक्छ ।”

फ्लोरे इन्स्टिच्युटका अनुसार यो अध्ययन यस्तो प्रकारको पहिलो प्रमाण हो जसले कोभिड सङ्क्रमणले भावी पुस्ताको व्यवहार र मस्तिष्क विकासमा दीर्घकालीन प्रभाव पार्न सक्ने सम्भावना देखाउँछ ।

डा. हान्नानले भन्नुभयो, “यी निष्कर्षहरू अत्यन्तै महत्त्वपूर्ण छन् । यदि यस्ता परिवर्तनहरू मानवमा पनि दोहोरिए भने यसले विश्वभरका लाखौँ बालबालिका र उनीहरूका परिवारहरूको मानसिक स्वास्थ्यमा गहिरो प्रभाव पार्न सक्छ ।”

तर अनुसन्धानकर्ताहरूले यसबारे सावधानीपूर्वक निष्कर्ष निकाल्दै मानिसमा पनि यस्ता परिवर्तनहरू हुन्छन् कि हुँदैनन् भन्ने विषयमा थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०२० को सुरुमा फैलिएको कोभिड–१९ महामारीले अहिलेसम्म विश्वभर ७० लाखभन्दा बढी मानिसको मृत्यु गरिसकेको छ । यद्यपि वास्तविक सङ्ख्या योभन्दा धेरै हुनसक्ने अनुमान गरिएको छ ।

महामारी र त्यसका लागि अपनाइएका प्रतिबन्धात्मक उपायहरूले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यमा गहिरो असर पारेको पनि प्रमाणित भइसकेको छ । विशेषगरी, आफ्नो जीवनको सामाजिकरूपले संवेदनशील अवस्थामार्फत अलगावमा बस्न बाध्य भएका युवाहरूमा यसले दीर्घकालीन मानसिक असर पारेको विभिन्न अध्ययनहरूले देखाएका छन् ।

सन् २०२३ मा नेचर ह्युमन बिहेभियर जर्नलमा प्रकाशित १५ देशका करिब ४० वटा अनुसन्धानको समीक्षाले बालबालिकाहरू अझै पनि महामारीका कारण शिक्षामा परेको अवरोधको प्रभावबाट पूर्णरूपमा उक्लन नसकेको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ