2026-09-26 09:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

स्वास्थ्य प्रणाली ध्वस्त भएपछि गाजामा अनियन्त्रित रोग फैलिने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले स्वास्थ्य प्रयाली ध्वस्त भए पछि गाजामा रोगको प्रकोप नियन्त्रण बाहिर सर्दै गएको चेतावनी दिएको छ । हाल यस क्षेत्रका ३६ मध्ये १३ वटा अस्पतालहरू मात्र चलिरहेको द्वन्द्व र विनाशको बीचमा आंशिक रूपमा काम गरिरहेका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै पूर्वी भूमध्यसागरका लागि डब्ल्यूएचओका क्षेत्रीय निर्देशक डा. हनान बाल्खीले गाजाको स्वास्थ्य प्रणाली ध्वस्त भएको आवश्यक पूर्वाधारको अवशेष मात्र बाँकी रहेको बताउनु भएको छ ।

गाजामा स्वास्थ्य सस्थाहरु थोरै बाँकी रशहेको बताउदै उहाँले मेनिन्जाइटिस, गुइलेन–बार्रे सिन्ड्रोम, र श्वासप्रश्वास सम्बन्धी रोगहरू लगायत सङ्क्रामक रोगहरूको अनियन्त्रित फैलावटको चेतावनी दिनु भएको छ ।

डब्ल्यूएचओको तथ्याङ्क अनुसार गाजा सहरमा हाल आठवटा स्वास्थ्य केन्द्रहरू मात्र सञ्चालनमा छन भने कर्मचारी अभावको कारण आंशिक रूपमा मात्र सेवा दिई रहेका छन् ।

डा. बाल्कीले गाजाको स्वास्थ्य क्षेत्रको पुनर्निर्माण गर्न अरबौं डलर र दशकौंको काम लाग्ने कुरामा जोड दिदै आवागमनमा चलिरहेको प्रतिबन्ध र द्रुत गतिमा परिवर्तन भइरहेको अवस्थाका कारण क्षतिको मूल्याङ्कन गर्नेसमेत चुनौती रहेको बताउनु भएको छ ।

सन् २०२३ अक्टोबर–७ देखि, संयुक्त राष्ट्रको तथ्याङ्क अनुसार स्वास्थ्य सुविधाहरूमा ८०० भन्दा बढी आक्रमणहरू रिपोर्ट गरिएको छ ।

बाल्खीले विगत दुई वर्षमा जन्मेका बच्चाहरूप्रति पनि चिन्ता व्यक्त गर्दै उनीहरुले बाल्यकालका आवश्यक खोपहरूसमेत गुमाएको बताउनु भएको छ ।

चालु महिनाको सुरुमा विश्व स्वास्थ्य सङ्गठनको एक रिपोर्टले अक्टोबर २०२३ देखि युद्धमा कयौँ घाइते तथा अपाङ्गताबाट ग्रस्त रहेको र घाइते भएका मध्ये एक चौथाई बालबालिका रहेको खुलासा गरेको थियो ।

गाजामा मानसिक स्वास्थ्यको आवश्यकता पनि दोब्बर भन्दा बढी भएको छ, तैपनि हालको सेवाहरूमा निकै कमी आएको एजेन्सीले जनाएको छ ।

डा. बाल्खीले घाइते व्यक्तिहरूलाई वेस्ट ब्याङ्क वा छिमेकी देशहरूमा उपचारका लागि तत्काल कारबाही गर्न अपील गर्दै इन्धन, खाना, चिकित्सा आपूर्ति र कर्मचारीहरूको पहुँच बढाउन आह्वान गर्नु भयो ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलको सैन्य कारबाही सुरु भएदेखि कम्तिमा ६७ हजार ९६७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने देउवा समूहले १५औँ महाधिवेशनका लागि खटायो केन्द्रीय प्रतिनिधि पहिरोले पृथ्वी राजमार्गका पाँच स्थान अवरुद्ध, यातायात प्रभावित सप्तकोसीमा जलसतह बढ्दो, कोसी ब्यारेजका २६ ढोका खोलिए मौसम खराब हुँदा हवाई उडान प्रभावित अफगानिस्तानले दियो नेपाललाई १०३ रनको लक्ष्य वर्षा रोकिएको दुई घण्टाभित्रै पहिरो पन्छाई यातायात सुचारु गर्ने गरी हाम्रो तयारी छ: मन्त्री लम्साल सुनको मूल्यमा गिरावट, चाँदी पनि घट्यो लगातार वर्षाले देशभर जनजीवन प्रभावित, प्रमुख राजमार्गदेखि पदयात्रासम्म रोक भोटेकोशी बाढी विश्वकै लागि चेतावनी हो : प्रधानमन्त्री शाह कृष्णभीरमा पहिरो खस्ने क्रम जारी, पृथ्वी राजमार्ग अनिश्चितकालका लागि बन्द मलेसिया रोजगारीमा सिन्डिकेट र बिचौलिया नियन्त्रणतर्फ नेपाल–मलेसिया वार्ता, श्रमिक भर्ना संयन्त्र सुदृढ गर्ने सहमति नियमापत्तिको सदुपयोग गर्न सांसदहरूलाई सभामुख अर्यालको आग्रह